अमेरिकाले १२ हजार फौजलाई रुसी सीमा रहेका देशमा पठायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले १२ हजार सेनालाई रुसी सीमा रहेका लातभिया, इस्टोनिया, लिथुनिया, रोमानियामा सारेको बताएका छन् । रुसी फौजले युक्रेनका मुख्य सहरमा हमला तीव्र पारेको अवस्थामा अमेरिकाले आफ्नो सेनालाई अन्य देशमा पठाएको हो ।
रुसले युक्रेनको राजधानीलाई घेरा हालिरहेको भन्ने विवरण सार्वजनिक भइरहेका बेला १२ हजार अमेरिकी सेनालाई रुससँगको सीमा रहेका देशमा सारेका हुन् । हाउस डेमोक्रयाटिक काउकसका सदस्यलाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमा तेस्रो विश्व युद्ध नलड्ने तर नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्ने उचित सन्देश पठाउने बचन दिएका छन् ।
उत्तर एट्लान्टिक ट्रिटी संगठन नेटो उत्तर अमेरिका र युरोपका ३० देशको समूह हो । राजनीतिक र सैन्य माध्यममार्फत आफ्ना सदस्यको स्वतन्त्रता र सुरक्षाको सुनिश्चित गर्नु यसको उदेश्य हो । रुसी हमलामा युक्रेनीले उदाहरणीय वीरता र साहस प्रदर्शन गरेको बाइडेनले बताएका छन् ।
















राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
HoR elections: 88 polling stations ‘sensitive’ in Kavre
41 days to HoR elections: Election symbol to be provided to candidates today
बाटोमा लडेर बाजुरामा एक जनाको मृत्यु
एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया