अमेरिकाले १२ हजार फौजलाई रुसी सीमा रहेका देशमा पठायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले १२ हजार सेनालाई रुसी सीमा रहेका लातभिया, इस्टोनिया, लिथुनिया, रोमानियामा सारेको बताएका छन् । रुसी फौजले युक्रेनका मुख्य सहरमा हमला तीव्र पारेको अवस्थामा अमेरिकाले आफ्नो सेनालाई अन्य देशमा पठाएको हो ।
रुसले युक्रेनको राजधानीलाई घेरा हालिरहेको भन्ने विवरण सार्वजनिक भइरहेका बेला १२ हजार अमेरिकी सेनालाई रुससँगको सीमा रहेका देशमा सारेका हुन् । हाउस डेमोक्रयाटिक काउकसका सदस्यलाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमा तेस्रो विश्व युद्ध नलड्ने तर नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्ने उचित सन्देश पठाउने बचन दिएका छन् ।
उत्तर एट्लान्टिक ट्रिटी संगठन नेटो उत्तर अमेरिका र युरोपका ३० देशको समूह हो । राजनीतिक र सैन्य माध्यममार्फत आफ्ना सदस्यको स्वतन्त्रता र सुरक्षाको सुनिश्चित गर्नु यसको उदेश्य हो । रुसी हमलामा युक्रेनीले उदाहरणीय वीरता र साहस प्रदर्शन गरेको बाइडेनले बताएका छन् ।
















६३ भन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ
संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
रास्वपाको संसदीय दलको बैठक जारी
कोशी प्रदेशसभा बैठकः प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया