डिभिजन ‘ए’मा बुद्ध क्रिकेट क्लब विजयी

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको डिभिजन ‘ए’अन्तर्गत सोमाबर भएको खेलमा बुटवल–११ क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुद्ध क्रिकेट क्लबले जित निकालेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा टस जितेर सुरुवाती ब्याटिङ रोजेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमध्ये २० दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन बनाएको थियो । जसका लागि सार्वधिक अमित श्रेष्ठले १२ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । वलिङतर्फ बुद्धका विपिन खत्रीले ५, अमित अग्रहरीले ४ र सुभास भण्डारीले १ विकेट लिए ।
५४ रनको लक्ष्य पाएको बुद्धले जवाफी ब्याटिङमा ८ दशमलव ४ ओभरमै लक्ष्य पार गर्दै जित निकाल्यो । झिनो लक्ष्य पाएको बुद्धले ३ विकेटको क्षतिमा सहजै जित निकालेको हो । जितका लागि सुरज पौडेलले १७, अजय त्रिपाठीले ११ र विपिन रावलले ९ रन बनाए । बलिङतर्फ इसान पाण्डे एक्लैले ३ विकेट लिए पनि टिमले जित निकाल्न सकेन ।
सोमबारको खेलमा विपिन खत्री म्यान अफ द म्याच बने । डिभिजन ‘ए’अन्तर्गतको मंगलबारको खेल न्यू होराइजन क्रिकेट क्लब र देवदह क्रिकेट युनिटबीच हुने संघका सचिब संजय गुरुङले जानकारी दिए ।
नेपालकै एक मात्र सुपर लिग प्रतियोगिता २०५४ सालदेखि निरन्तर हँुदै आएको छ । जिल्लाभित्रका २० टिममध्ये १२ टिमबीच लिगमा प्रतिस्पर्दा गराइदै छ । लिगमा टप हुने चार टिमबीच ५ चैतबाट सुपर फोरमा प्रतिस्पर्दा गर्ने छन् ।
प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही पाँच पाँच हजार रुपैयाँ प्रदान गरिने संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्रीले बताए । प्रत्येक दिनको म्यान अफ द म्याचलाई एक हजार दुई सय रुपैयाँ प्रदान गरिँदै आएको छ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया