जयसिंहकी श्रीमती भन्छिन -सरकारले दिएको राहत ऋण तिर्नमै सकियो, रोजगारी दिए हुन्थ्यो

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ माल घर भएकी राजन्ती धामीको जीवनमा १५ साउन २०७८ कहिल्यै नबिर्सिने घटना हो ।
परिवारमा लागेको ऋण तिर्न भनेर विदेश हिँडेका श्रीमान जयसिंह धामीलाई विदा गरेको केही घण्टा बित्न नपाउँदै महाकाली नदीमा खसालेको भन्ने सुन्दा उनको होस नै उड्यो ।
मालगाउँबाट दार्चुला सदरमुकाम पुग्न एक दिनभरि हिँड्नपुर्छ । तर, महाकाली नदीमाथि लगाइएको फलामे तुइनमा झुण्डिएर महाकाली नदी पार गर्न सके भारतको बाटो भएर एक घण्टामै गाडीको यात्रा गरि सदरमुकाम पुग्न सकिन्छ ।
दार्चुलाका गाउँमा एउटा प्रचलित उखान छ- घडीकी घाट वर्ष दिनको बाटो । यसको अर्थ हुन्छ बरु वर्ष दिन लाग्ने बाटो हिँड्न परे हिँड्नु, तर जोखिमपूर्ण तुइन नतर्नू ।
तर, महाकाली पारी भारतले बनाएका चिल्ला सडक देख्दा नेपालको बाटो एक दिनभरि हिँड्न व्यासका बासिन्दाको मनले मान्दैन । सायद जयसिहको मनले पनि मानेन होला, किनकि यस क्षेत्रका बासिन्दालाई तुइन तर्नु नौलो कुरा छैन ।
गत १५ साउनमा भारतीय एसएसबीले महाकाली नदीमा तरिरहेका बेला तुइन काटेर जयसिंह धामी महाकाली नदीमा खसेका थिए । विदेश जान हिँडेका श्रीमान नदीमा खसेको खबर आएपछि राजन्तीले हप्तौँसम्म आफूलाई सम्हाल्न सकिनन् ।
पहिलो पटक विदेश जाँदा लागेको ६र७ लाख ऋण तिर्नका लागि जयसिह दोस्रोपटक विदेश जाँदै थिए । तर, त्यस घटनाले उनको सबै सपना उनीसँगै महाकालीमा बग्यो ।
जयसिंह र राजन्ती दम्पतीका एक छोरा र एक छोरी छन् । छोरा सात वर्षका भए भने छोरी दुई वर्षकी मात्र छिन् । दुई छोराछोरी हुर्काउने जिम्मा आफ्नै काधमा आएपछि राजन्तीलाई अहिले के गर्ने कसो गर्ने भएको छ ।
खान लाउन समेत समस्या छ, गाउँमा जग्गा पनि छैन, के गरेर खाने समस्यामा छु । सरकारले सानै भए पनि केही रोजगारी दिए हुनेथियो, उनले भनिन् ।
घटनापछि सरकारले जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । सरकारले दिएको आर्थिक सहयोग ऋण तिर्नमै सकिएको राजन्तीले बताइन् ।
घटना भएको बेला भने जयसिंहको परिवारलाई आश्वासन धेरै ठाउँबाट प्राप्त भएको थियो । व्यास गाउँपालिकाले किरिया खर्च स्वरुप २५ हजार रकम तत्काल दिएको थियो भने बाँकी राहत पछि दिने बताएको थियो । तर, हालसम्म स्थानीय सरकारले कुनै रकम उपलब्ध नगराएको जयसिंहका भाइ नरेन्द्रसिंह धामीले बताए ।
जयसिंह धामीको घटना छानबिनका लागि गृह मन्त्रालयको सहसचिव जनार्दन गौतम नेतृत्वको टोली उनको घरमै पुगेको थियो । टोलीले बालबालिकाको पढाइमा सहयोगका लागि सरकारलाई अनुरोध गर्ने आश्वासन दिएको थियो । घटनाका बेला पाइएका आश्वासन आश्वासनमै सीमित रहेको राजन्ती धामीको गुनासो छ ।
‘शैक्षिक योग्यताले एसएलसी उत्तीर्ण गरेकी राजन्ती धामीले नेपाल प्रहरीको भान्सेको विज्ञापनमा फारम भरेकी छिन् । ुअन्य केही सिप छैन । श्रीमान कमाउने छँदा उहाँमै परिवार निर्भर थियो । अब के गरेर खाने । बालबालिकाको पालन पोषणका लागि भए पनि प्रहरीको भान्सेमा समेत सरकारले जागीर दिए हुने थियो । नत्र कसरी बालबालिकाको पढाइ लेखाइ र घरखर्च चलाउँ, उनले भनिन् ।
घटनामा संलग्न भारतीय एसएसबीहरूलाई हालसम्म पनि कुनै कारवाही नभएको भन्दै न्याय पाउने आश मर्दै गएको उनको गुनासो छ ।













Death toll rises to 35 in Philippine dumpsite collapse
One person killed, another injured in motorcycle accident
Gold price increases by Rs 600 per tola
३१ अंकले बढ्यो सेयर बजार
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया