काठमाडौंका मेयर र उपमेयर वीच फेरि चर्कियो विवाद
मेयरको निर्देशनमा वसन्तपुरमा बनाइएका संरचना उपमेयरले आफै पुगेर भत्काइन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरवीच फेरि नयाँ लफडा देखा परेको छ । महानगरपालिकाको मेयर विधासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीका वीचमा वेला वेला विवाद वल्झिने र केही समय साम्य हुने र फेरि नयाँ शिराबाट विवाद वल्झिने गदै आईरहेको छ ।
अहिले फेरि नौतले दरबारअघि वसन्तपुर डबलीमा बनाइएको संरचनाका विषयमा विवाद वल्झेको छ । हनुमानढोका दरबार क्षेत्र वसन्तपुर डबलीमा बनाएका कंक्रिट संरचना महानगरकी उपमेयर खड्गी नेतृत्वको समूहले मंगलबार भत्काएको छ ।
नेपालको झन्डा राख्न बनाइएको संरचना उपमेयर खड्गीको नेतृत्वमा पुगेको समूहले भत्काइदिएको हो । वसन्तपुर डबलीमा बनाइएको संरचना हटाउन पुरातत्व विभागले पटकपटक पत्राचार गरेको थियो । विभागको पत्राचारको महानगरले बेवास्ता गरेपछि सम्पदा बचाउ अभियानले महानगरकै अनुगमन समितिलाई गुहारेका थिए । त्यसपछि उपमेयर खड्की मंगलबार त्यहाँ पुगेर संरचना भत्काउन निर्देशन दिएकी हुन् ।
मंगलबार बिहानै अनुगमनमा वसन्तपुर डबली पुगेकी खड्गीले तत्काल कंक्रिट संरचना नभत्काए मेयरसँग लफडा हुने चेतावनी दिएकी थिइन् । मेयर शाक्यलाई दुईतीन दिनदेखि सम्पर्क गर्न खोजेको तर मोबाइल अफ भएको खड्कीले बताइन् ।
अहिले साँझ उपमेयर खड्गीको संयोजकत्वमा पुरातत्व विभाग मातहत हनुमानढोका दरबार हेरचाह अड्डाले झन्डा राख्न गाडिने पोलहरु अड्याउन प्रयोग गरिने फलामका नटहरु काटिदिएको छ ।
पुरातत्व विभागको रोक्का पत्रलाई पटक–पटक बेवास्ता गर्दै महानगरले वसन्तपुर डबली भत्काएर नयाँ कंक्रिट संरचना निर्माण गरेको थियो ।
आठवटा ३५ फिट अग्लो झन्डा राख्ने प्रयोजनले महानगरले डबली मासेर रातारात ट्यांकी आकारका ८ वटा संरचना बनाएको थियो ।
उपमेयर खड्गीले विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामा झन्डा राखिएको नभई कंक्रिट संरचनासँग सरोकार रहेको बताइन् ।
‘‘विश्व सम्पदामा कंक्रिट संरचना बनाउनु राम्रो होइन । यो सरासर गलत हो । मेयरले कंक्रिट संरचना बनाउँदा मलाई थाहा दिनुभएको थिएन । अहिले मैले भत्काउँदा पनि मेयरलाई थाहा दिएको छैन । अब मेयर र उपमेयरबीचको सम्बन्ध परिस्थितिले देखाउँछ,” उनले भनिन् ।
काठमाडौं महानगरपालिकाकी उपमेयर खड्गी नेपाली कांङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन । मेयर विद्यासुन्दर शाक्य नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
‘‘मेरो अधिकार क्षेत्र मेयरको भन्दा कम हुन्छ । मलाई जनताले भोट दिएर उपमेयर बनाएका हुन् । त्यसैले जनविरोधि काममा स्ट्यान्ड लिएकी हुँ । लिँदै आएकी पनि छु,” उपमेयर खड्गीले भनिन् ।
महानगर सहरी पूर्वाधार विकास विभागले ७० लाख रुपैयाँ खर्च गरेर विभिन्न स्थानमा राष्ट्रिय झन्डा राख्ने प्रयोजन अनुरुप वसन्तपुर डबलीमा नयाँ संरचना बनाएको थियो ।
खड्कीले संरचना आफै पुगेर भत्काउन निर्देशन दिएपछि मेयर शाक्यको भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । यधपी, उनले उपमेयरको शैलीको आलोचना गर्ने भएका छन् । यसले दुई जनप्रतिनिधीका वीचमा तितो सम्वनध बनाउने देखिएको छ ।
हुन त यी दुई जनप्रतिनिधीका वीचमा पटक पटक विवाद नभएको होइन ।
यस अगाडी सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकामा मेयर शाक्य र उपमेयर खड्कीका वीचमा विवाद देखिएको थियो । मेयर शाक्यले उपमेयर खड्गी नेतृत्वको कार्यदल भंग गरेपछि विवाद चरम उत्कर्षमा पुगेको थियो ।
२०७५ माघ ६ मा खड्गीको नेतृत्वमा अधिकार सम्पन्न कार्यदल गठन गरिएको थियो । तर, २०७६ वैशाख तेस्रो साता बसेको कार्यपालिका बैठकबाट मेयर शाक्यले कार्यदल भंग गरेका थिए ।
कार्यदलले तीन महिना लगाएर शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनका विषयमा अध्ययन गरेको थियो । प्रतिवेदन नबुझ्दै मेयर शाक्यले शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनको नेतृत्व आफैँले गर्ने भन्दै कार्यदल भंग गरेका थिए ।
कार्यदल निर्माण गर्दा सम्भाव्यता अध्ययन गर्ने, कार्यविधि बनाउने र त्यसको कार्यान्वयनसमेत गर्न पाउने गरी अधिकार दिइएको थियो । तर पछि मेयरले कार्यदल नै भंग गरिदिएपछि दुई वीचको झगडा चुलिएको थियो ।
त्यसअगाडी पनि २०७६ वैशाख दोस्रो साता खुलामञ्चमा बनाइएका अवैध सटर भत्काउने विषयमा पनि मेयर शाक्य र उपमेयर खड्गीबीच विवाद भएको थियो ।
मेयर शाक्य र उपमेयर खड्कीको वीचमा वढेको विवादले गत असारमा सम्पन्न नगरसभा बैठक उपमेयर हरिप्रभा खड्गीले बहिष्कार समेत गरेकी थिइन् । मेयर शाक्यले तयार पारेको नीति तथा कार्यक्रमप्रति चित्त नबुझेपछि नगरसभा बहिस्कार गरेको उपमेयर खड्गीले त्यसवेला बताएकी थिइन् ।
शाक्यले पनि खड्कीसँग कुनै सल्लाह नै नगरी महानगरको नीति तथा कार्यक्रम बनाएका थिए ।
रानीपोखरीको पुनर्निर्माणका विषयमा पनि काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीचको मतभेद चर्काे रुपमा सतहमै देखिएको थियो । त्यो विवादमा मेयर र उपमेयरसँगै सम्पदा जोगाउने या के गर्ने भन्ने नाममा दुई जनप्रतिनिधीले विवाद गरेका थिए ।
अन्य विषयमा विवाद गरेपनि महानगरपालिकाका मेयर शाक्य र उपमेयर खड्गीले महानगरको पैसा बाँड्ने विषयमा कार्यपालिका र नगरसभामामा भने विवाद नगरी आफु निकटका र आफु निकटका पार्टीका नेताहरुको नाममा खुलेका संघसस्था र प्रतिष्ठानलाई पैसा बाड्ने विषयमा भने मिलेरै भागवन्डा लगाएको महानगरपालिकाकै कर्मचारीहरु बताउँछन् ।
‘मेयर र उपमेयरबीच सधैं टकराव हुन्छ, तर पैसा दिने विषयमा उहाँहरूमा मेलमिलाप छ’, महानगरका एक कर्मचारी भन्छन् ।















ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया