भारतीय कंग्रेसमा रडाको:
सोनिया गान्धीद्धारा निर्वाचन पराजय भाेगेका पाँचै राज्यका प्रमुख पदमुक्त

नयाँदिल्ली । हालै सम्पन्न बिधानसभा निर्वाचनमा नमिठो पराजय चाखेपछि भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले पाँचै राज्यका पार्टी प्रमुखहरुलई पदमुक्त गरेकी छिन् । यसलाई नेतृ गान्धीले पार्टी ‘पुनर्गठन’ तर्फको पहिलो कदम भनेकी छिन् ।
८ महिनाअघि पन्जाब प्रान्तमा कंग्रेस प्रमुख बनेका नभजोेत सिंह सिन्धुलगायतका कंग्रेस नेतालाई राजीनामा दिन भनिएको छ । ‘राज्य कंग्रेस इकाइहरुको ‘पुनर्गठनलाई सहज बनाउन’ राजीनामा माग गरिएको कंग्रेस प्रवक्ता रणदिप सुरेजेवालले ट्विट गरेका छन् ।
गान्धीले उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरका प्रदेश कंग्रेस कमिटी (पीसीसी) अध्यक्षसँग राजीनामा मागेकी हुन् । पीसीसीको पुनर्गठनलाई सहज बनाउन भन्दै उनले राजीनामा माग गरेकी हुन् ।
कंग्रेस पन्जाब प्रान्तमा अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीसँग पराजित भएको थियो भने बाँकी चार राज्यहरुमा पनि सन्तोषजनक प्रस्तुति देखाउन सकेको थिएन । ‘कम व्याक’को आशा गरिएको कंग्रेसले सत्तारुढ भाजपालाई टक्कर दिन बिफल भएको थियो ।
पन्जाब पराजय उसका लागि सबैभन्दा खराब थियो । महिनौँको आन्तरिक द्वन्द्वसँगै अनुभवी नेता अमरिन्दर सिंह र चरणजित सिंह चान्नीसँग सिन्धुको झगडाले कंग्रेस पन्जाबमा पतन भएको हो ।
यसअघि चुनाव परिणामबारे छलफल गर्न आइतबार कांग्रेस नेतृत्वको बैठक बसेको थियो । कंग्रेस कार्य समितिमा वरिष्ठ नेताहरुलाई सम्बोधन गर्दै गान्धीले पुत्र राहुल र छोरी प्रियंकासँगै राजीनामा प्रस्ताव गरेकी थिइन् ।
‘पार्टीको हितमा अन्तिम बलिदान’ को रूपमा उनले राजीनामा प्रस्ताव पेस गरेकी थिइन् । तर, उनको प्रस्ताव सर्वसम्मतले अस्वीकार भएको थियो ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया