शुक्रबार, चैत १३, २०८२

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रकाण्ड

मेरोन्यूज २०७८ चैत २ गते ११:४३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ बालुवाटार पुगेका छन् । तत्कालीन नेकपा एमाले केपी ओली नेतृत्वको सरकारसँग भएको तीनबुँदे सहमतिका सम्बन्धमा भेटवार्ता गर्न बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँँणसँग भेटवार्ता गरेको प्रकाण्डले तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। उनले उक्त तस्बिरमा
‘नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटवार्ता । २०७८ चैत्र २,’ मात्र लेखेका छन्। उनले भेटमा भएको छलफलबारे भने केही खुलाइएको छैन।

Advertisement
nepal life insurencenepal life insurence

यस्तो छ तत्कालिन केपी ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको तीनबुँदे सहमति
१. दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौँ।

२.नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ।

३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, नेपाल कारागारमा रहेका नेता तथा पार्टीका कार्यकर्ता रिहाइ तथा सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ।

प्रतिक्रिया