नवलपरासीमा बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पुर्वको देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा बुधबार बिहान बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बसमा सवार रुपन्देही खैरेनी सुर्यापुरा गाँउपालिका–३ की ३७ वर्षीया मायादेवी पाण्डे रहेकी छन् ।
गम्भीर घाइते भएकी पाण्डेको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा बुधबार बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका बसमै सवार मायादेवीका श्रीमान् ४२ वर्षीय मणिराम पाण्डेको सोही अस्पतालमा उपचार भईरहेको छ ।
४२ जना यात्रु लिएर काठमाण्डौबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ४३१९ नम्बरको बस बिपरीत दिशाबाट आँउदै गरेको ना ६ ख १७२१ नम्बरको ट्रकसँग बुधबार बिहान पौने ६ बजे ठोक्किएका थियो ।
दुबै सवारीसाधन सहित चालकहरु जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वको नियन्त्रणमा रहेका छन् ।














धरान बस दुर्घटना अपडेटः मृतकको पहिचान खुल्यो
हर्क साम्पाङले दिए धरानको मेयरबाट राजीनामा
जनकपुर पुगे बालेन
पाकिस्तानको कराचीस्थित मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
प्रतिक्रिया