मन्त्री आले र कार्यवाहक राजदूतबीच शिष्टाचार भेट
मेरोन्यूज
२०७८ चैत २ गते १४:५२
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत म्यानुयल मिक्यालरले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको मन्त्री आलेको सचिवालयले जनाएको छ ।
भेटवार्ताका क्रममा मन्त्री आलेले अमेरिकी सरकारले नेपालको विकासलगायतका विविध क्षेत्रका साथै कोरोना भाइरसविरुद्ध लड्नका लागि गरेको सहयोगको सराहना गरे ।
कार्यवाहक राजदूत मिक्यालरले नेपालमा पर्यटन प्रवद्र्धन, कला संस्कृति तथा नागरिक उड्डयनका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताए ।
सम्बन्धित
















हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया