निर्वाचन आचारसंहिता : बैंकिङ वा वित्तीय संस्थाबाट मात्र खर्च गर्नु

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले आचारसंहिता सार्वजनिक गरेको छ । जसमा स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनु पर्ने जनाएको छ ।
आगामी ३० गते हुने निर्वाचनमा धेरै बहालवाला जनप्रतिनिधिहरूले दावेदार गरेसँगै पदबाट राजीनामा दिनु पर्ने भएको हो । मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनु पर्ने आयोगले जारी गरेको आचारसंहितामा उल्लेख गरिएको छ ।
यस्तै, राजपत्रमा प्रकाशित निर्वाचन आचार संहितको दफा १५ मा निर्वाचन खर्चसम्बन्धी आचारसंहिता बनाएको छ । जसअनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंकिङ वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्ने छ ।
उक्त दफाको उपदफा ‘क’मा भनिएको छ, ‘उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंकिङ वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्ने छ ।’ यस्तै, निर्वाचन सम्पन्न भएपछि उम्मेदवारले आफ्नो खर्च सार्वजनिक गरी प्रचलित निर्वाचन सम्बन्धी कानूनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नु पर्ने छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया