होलीमा ट्राफिक नियम उल्लंघन गर्ने ९०६ लाई कारबाही

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा मापसे गरेर सवारी चलाउने ९०६ जनालाई कारबाही गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बिनाहेल्मेट तीन जना चढ्ने, लापरवाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकलाई कारबाही गरेको जानकारी दिए । तीमध्ये १०६ जना मापसे गरेर सवारी चलाउने परेका छन् ।
आज होलीका अवसरमा उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र जिगज्याग गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने, तीन जनाभन्दा बढी चढ्ने, सवारीसाधनको प्रयोग गरी महिलालाई लक्ष्य गरी रङ, लोला हान्ने, अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने, मोडिफाइ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउनेमाथि विशेष निगरानी गरेको महाशाखाले जनाएको छ ।
पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा एक हजार ३०० ट्राफिक प्रहरी खटाएर कडाइका साथ जाँच गरिएकामा नियमविपरीत सवारी चलाउने तथा उच्छृङ्खल गतिविधि गर्ने उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो । दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको थियो ।
महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ६८ स्थानमा सुरक्षा चौकी राखेर बिहानदेखि नै कडा जाँचको व्यवस्था मिलाएको थियो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जोशीले होलीलक्षित ट्राफिक व्यवस्थापन कडा गरिएका कारण काठमाडौँमा कुनै अप्रिय घटना नभएको पनि जानकारी दिए ।














पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
Thousands march in Greenland to support Arctic island in the face of Trump’s threats to take it over
Death toll rises to 35 in Philippine dumpsite collapse
One person killed, another injured in motorcycle accident
Gold price increases by Rs 600 per tola
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया