मन्त्री कार्कीद्वारा अस्पताल भवनको उद्घाटन
काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा भोजपुरको षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले बिहीबार अस्पताल भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा दूतावासका अधिकारी तथा स्थानीय सरकारका प्रतिनिधिको उपस्थिति थियो । दुई करोड २६ लाखको लागतमा निर्माण गरिएको अस्पतालले भोजपुर र आसपासका अन्य जिल्लाका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा अझ राम्रो पहुँच प्रदान गर्ने बताइएको छ ।
१५ शैय्या क्षमताको अस्पतालमा जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न प्रसूति कक्ष, २४ घण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतिक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुकका लागि छुट्टाछुट्टै शौचालय र फर्निचर तथा अस्पताल उपकरणको व्यवस्था छ ।
सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये भोजपुरका चार गरी प्रदेश नं १ मा जम्मा ७८ वटा परियोजना रहेका छन् । यस अतिरिक्त भारत सरकारले भोजपुरमा हालसम्म तीन एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको दुतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया