बिहीबार, वैशाख २४, २०८३

सरकारले निजामती कर्मचारीका सन्तानलाई ५ लाख रूपैयाँ छात्रवृत्ति दिने (पुर्णपाठसहित)

मेरोन्यूज २०७८ चैत ४ गते १०:३६

काठमाडौं । सरकारले निजामती कर्मचारीका सन्तानलाई पाँच लाख रूपैयाँसम्म छात्रवृत्ति दिने भएको छ।

Advertisement
NiccNicc

सरकारले हालै जारी गरेको निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउँने सम्बन्धी निर्देशका २०७८ मार्फत २० लाख रूपैयाँभन्दा बढी शिक्षण शुल्क लाग्ने भए पाँच लाख रूपैयाँ छात्रवृत्ति पाइने व्यवस्था गरेको हो ।

१५ लाखदेखि बढी २० लाखसम्म शुल्क लाग्ने भए चार लाख, दश लाखदेखि १५ लाख शिक्षण शुल्क लाग्ने भए तीन लाख छात्रवृत्ति पाइनेछ।
एक लाख रूपैयाँभन्दा कम शिक्षण शुल्क लाग्ने भए लागेको शुल्कबमोजिमको रकम छात्रवृत्ति दिने निर्देशिकामा उल्लेख छ।

विदेशमा अध्ययन गरेको र तीनै तहका सरकारबाट छात्रवृत्ति प्राप्त गरेकोले भने छात्रवृत्ति पाउने छैनन्।

छात्रवृत्ति प्रदान गर्नका लागि सचिवको अध्यक्षतामा एक समिति रहनेछ।

यस्तो छ पुर्णपाठ

प्रतिक्रिया