वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंकको ईकेवाईसी सेवा सुरु

काठमाडौँ । सिटिजन्स बैंकले डिजिटल बैंकिङ्ग सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ। भौतिक रुपमा बैंकमा उपस्थित भई केवाईसी सेवालाई अनलाइन सेवाबाट सञ्चालनमा ल्याएको हो।
यो सेवा प्रयोगमा आएसँगै ग्राहकले आफ्नो खाताको केवाईसी विवरण बिना झन्झट अपडेट गर्न सक्ने छन्। आफ्नो केवाईसी फर्म अपडेट गर्नुअघि ग्राहकले निश्चित भ्यालिडेसन प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ।
डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले ग्राहकको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि कियोस्क सेवाको सुरुवात गरेको छ। यो सेवाबाट प्रारम्भिक रुपमा ग्राहकले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरू प्राप्त गर्ने जस्ता सेवा प्राप्त गर्न सक्ने छन्।
सिटिजन्स बैंकले देशभरि १७४ वटा शाखा, १२३ वटा एटिएम र ९० वटा शाखारहित बैंकिङ्ग इकाईबाट सेवा दिँदै आएको छ।













कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया