अपहरण गर्न नक्कली प्रहरी परिचालन, श्रीमानसहित दुई जना पक्राउ

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका ८ मा अपहरण गर्न नक्कली प्रहरी बनेका श्रीमानसहित दुई पक्राउ परेका छन् । खाँदबारीमा पत्रकार सम्मेलन गरेर प्रहरीले शुक्रबार नक्कली प्रहरीलाई सार्वजनिक गरेको हो ।
प्रहरीको बर्दिसहित नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा पाँखपन नगरपालिका ४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई नक्कली प्रहरीको पोसाकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
प्रहरीका अनुसार फागुन २७ गते खाँदबारी नगरपालिका ८ की प्रमिला कम्मर सार्कीलाई प्रहरीको भेषमा आएका चार जनाले घरबाट करिब एक सय मिटर पर जंगलमा लगेर प्रमिलाको श्रीमान् रमेश कुमार तामाङलाई जिम्मा लगाएका थिए । प्रहरी प्रमुख सुवेदीका अनुसार पक्राउ परेका रमेशले श्रीमती प्रमिला सार्कीलाई अपहरण गर्न चार जना नक्कली प्रहरी परिचालन गरेको बताए ।
त्यसपछि रमेशले आफ्नी श्रीमतीको ज्यान मार्ने प्रयासले शारीरिक तथा मानसिक यातना दिएका थिए । प्रमिलाले भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । उजुरीका आधारमा प्रहरीले पाँचपन नगरपालिका ४ घर भई खाँदबारी नगरपालिका ९ बस्ने वर्ष ३० को अर्जुन तामाङ र पाँखपन नगरपालिका ४ का प्रमीलाको श्रीमान् वर्ष ३४ का रमेशलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ परेका रमेशले श्रीमती प्रमिला सार्कीलाई अपहरण गर्न चार जना नक्कली प्रहरी परिचालन गरेको बताएका छन् । योजना बमोजिम रमेशसहित ४ जना फागुन २५ गते काठमाडौँ बागबजारबाट नक्कली प्रहरीका पोसाकप्रति जोर प्रतिदिन पाँच सयका दरले भाडामा ल्याएका थिए । पक्राउ परेका रमेश र प्रमिलाबीच विगत ६ महिनादेखि मनमुटाव थियो ।
















पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमाले प्रदर्शनले माइतीघर, बबरमहल क्षेत्र तनावग्रस्त
सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु
प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पु¥याउनुपर्ने
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया