थारू संस्कृतिको जीवन्त संग्रहालय ‘भादा’

सुदूरपश्चिमकै पहिलो सामुदायिक होमस्टे हो, कैलालीको भादा। यति मात्र होइन तराईकै पहिलो होमस्टे पनि। एकपटक यो ठाउँमा पाइला टेक्नु भयो भने भादाले तपाईको मनमा बेग्लै छाप छाड्ने छ। थारुको गाउको परिवेश, यहाँको सभ्यता, संस्कृति, रहनसहनले तपाईलाई पक्कै मोहनी लगाउने छ।
कैलालीको भादा नेपालकै उदाहरणीय थारु गाउँका रुपमा परिचित छ। भादाले आफ्नो परम्परा, संस्कृति, भाषा र सभ्यतालाई लामो समयदेखि जोगाइरहेको छ। लोप हुँदै गएका सखिया, छोक्रा, हुदङ्वा, झुम्रा, मघौटा, लठ्ठी, मुङग्रहुवा थारु नाँच हेर्न सकिन्छ। थारु पहिरनमै सजिएर देखाइने यी नाँचहरूको आकषर्ण र महत्व बेग्लै छ। थारु नाँच देखाउन सांस्कृतिक टोली छन्। पुराना पुस्ताबाट नयाँ पुस्ताहरूले नाँच सिक्न थालेका छन्।
२०६७ देखि होमस्टे सुरु भएको भादामा माटोले बनेका घरहरू छन्। भादा वडा नम्बर १६ का अध्यक्ष लक्ष्मीनारायण चौधरीको सोच र सक्रियताले यहाँ होमस्टे शुरु भएको हो। थारु सामुदायिक होमस्टे भादाका अध्यक्षका रुपमा उनी अझै पनि सक्रिय रुपमा लागिपरेका छन्। यहाँ बास बस्न आउने पाहुनाहरूले पुरानो रितिरिवाज, चलन, वेषभूषा र सरसामान देख्न पाउँछन्।
दुई, तीन वर्षदेखि अन्न राख्ने भण्डार, भौंका (दराज), ढकिया, डेलुवा, लेहङ्गा, मचिया, डेलिया, सिकहर, हँसिया, बेल्नाचौकी जस्ता वस्तु तथा सामान अवलोकन गर्न सकिन्छ। गाउँ र यहाँको सेरोफेरो घुमाउन गाइडको व्यवस्था छ।
भादा गाउँका २० घरधुरीमा होमस्टेको सुविधा छ। सुरुमा १७ वटा घरमा मात्र थियो। बास बस्न आउने पाहुनाहरूलाई आफ्नै घर पुगे जस्तो हुन्छ। गाउँलेहरूको न्यानो आतिथ्यता, स्वागत, सत्कारले सबै कुरा बिसाइदिन्छ। महंगा होटलहरूको मेनुभन्दा भादामा पाइने स्थानीय परिकारको स्वाद विशेष छ।

थारु खानाका परिकार ढिक्री, घोङ्गी, बरिया, फुलौरा, खेर्या, बंगुर र मुसाको मासु, गंगटाको पकौरी, माछाको सिद्रा जस्ता परिकारहरूको स्वाद जिब्रोमै झुण्डिन्छ । घरमा पाहुना आउँदा सालको दुना, टपरीमा खानाका परिकार पस्किने चलन छ।
भादा वरपरको सेरोफेरो झनै आकर्षक र मनमोहक छ। अन्न उब्जाउ हुने फराकिला फाँटहरूमा बसेको यो सुन्दर बस्ती वरपर घुम्न लायक थुप्रै स्थान छन्। गाउँबाट पूर्वपट्टी १५ मिनेट हिँड्ने हो भने कोहिलिया ताल आउँछ। यो ठूलो तालमा तपाई डुंगामा सयर गरेर आनन्द लिन सक्नु हुन्छ। वरिपरी बाक्लो जंगल छ। जहाँ रंगीविरंगी चराचुरुङ्गीको चिरबिर–चिरबिर आवाजले मन आनन्दित तुल्याइदिन्छ। यस्तै, भादाबाट पश्चिम दिशातिर लम्किने हो भने बेहडा बाबा मन्दिर, रामेश्वर मन्दिर र जोगिन्या ताल भेटिन्छ।
गणेश सामुदायिक बन पनि यहाँको आकषर्णको केन्द्र हो । सहदेवा, महदेवा ताल, कनरी पार्क र १ सय १२ बिघाहामा फैलिएको कोइलाहा तालको सुन्दरता हेर्न यहाँ एकपटक पुग्नै पर्छ। गौरीगंगा नगरपालिकामा बा¥है महिना नसुक्ने खोला छन््। आकर्षक ताल तलैया छन् । पर्यटकहरूलाई घुमाउन लहरू (परम्परागत गोरुगाडा) को सुविधा पाइन्छ। निजी सवारी साधनमार्फत पनि यो सेरोफेरो घुम्न सकिन्छ। पैदल नै घुम्न रुचाउनेहरूलाई झनै सजिलो।
केही दिन घुम्न भादा पसेका विदेशी पर्यटकहरू महिनौँसम्म बस्ने गर्छन्। कतिपय विदेशी थारु जातिसँग सम्बन्धित अध्ययन, अनुसन्धानका लागि पनि यहाँ आउने गरेका छन्। केहीअघि जर्मन नागरिक लेजिन यहाँ थारु देउताबारे अनुसन्धान गर्न आएकी थिइन्। होली र दसैं यहाँ विशेष रुपमा मनाउने गरिन्छ। यो रमाइलो माहोलमा पर्यटकहरू दोहो¥याएर आउने गरेको थारु सामुदायिक होमस्टे, भादाका सचिव राम बहादुर चौधरीले बताए।
भादामा होमस्टे खुलेपछि चहलपहल निकै बढेको छ। स्थानीय सरकारले बाटोघाटो विस्तार ग¥यो। विभिन्न संघ, संस्थाले यहाँ तालिम चलाउने गरेका छन्। सामुदायिक वन समन्वय समिति मसुरियाले होमस्टेहरूमा तालिम प्रदान गर्नुका साथै गाउँघरमा चाहिने आश्वश्यक सामान प्रदान गर्दै आएको छ।

भादामा छिट्टै नै २० वटा घरलाई पानी ट्यांकी प्रदान गर्न लागेको सामुदायिक वन समन्वय समिति मसुरियाका पवन कुमार बोगटीले बताए। यस समन्वय समितिमा ३९ वटा सामुदायिक वन आबद्ध छन्। कैलारी गाउपालिका र गौरीगंगा नगरपालिका कार्य क्षेत्र रहेको यस समितिले सिमसार व्यवस्थापन गर्ने, पानीका घोल मुहान संरक्षण गर्ने काम जोड दिँदै आएको छ। होमस्टेको प्रबद्र्धनमा तराई भूपरिधि कार्यक्रम कोहलपुर बाकेले पनि सहयोग पु¥याउँदै आएको छ।
तारा गाउँ विकास समिति, काठमाडौँ, धनगढी उप–महानगरपालिका, नेपाल पर्यटन बोर्डको पहलमा २०७५ मा थारु होमस्टे सामुदायिक भवनको स्थापना गरिएको छ। गाउँघरमा हुने कार्यक्रम, समूहको मिटिङ यसै हलमा हुने गरेको छ। कतिपय संघ, संस्थाले धनगढी बजारमा हुने कार्यक्रमहरूका लागि यसै भादा गाउँलाई रोज्ने गर्छन्। शहरभन्दा गाउँको परिवेशमा रमाउने भएकाले भादालाई रोज्ने गरेको भादा १६ का सन्तकुमार चौधरीले बताए।
थारु संस्कृति, भाषा र रितिरिवाज हेर्न कैलालीको भादा उत्कृष्ट गन्तव्य रहेको बताउँछन्, होमस्टे महासंघका केन्द्रीय सल्लाहकार तथा रैथाने अभियानकर्मी तिलक ढकाल। ‘भादा देशकै नमुना थारु बस्ती हो।’ ढकालले भने, ‘यस गाउँले आफ्नो मौलिकपन जोगाएको छ।’
होमस्टे सञ्चालनमा आएपछि गाउँलेहरूको आय स्तर पनि बढेको छ। बाँसका चोयाबाट बनेका डोको, नाम्लो, डालोलगायतका सामानहरू बिक्री गरेर आर्जन गर्न थालेका छन््। च्याउ खेती गरेर पनि राम्रो आम्दानी भइरहेको पार्वती चौधरीले बताइन्। पोहोर सालबाट च्याउ खेती सूरु गरेकी उनले एक सिजनमा मात्रै ७ क्विण्टल च्याउ बेचिन्। थारु गाउँमा घुमेपछि यहाँ बनेका वस्तु उपहारका रुपमा लैजान पनि सकिन्छ।
यस्तो छ इतिहास
यहाँको थारु बस्ती दाङबाट बसाई सराई गरेर आएको इतिहास छ। सन् १९१७ देखि भादामा बस्ती बसेको मान्यता छ। तान्त्रिक विद्यामा प्रकाण्ड विद्वान थिए, भगौटि दास थारु। उनले दाङमा धेरै स्थानहरूमा बस्ती बसाले। विस्तारै बाँके, बर्दियामा पनि बस्ती विस्तार गरे। कसैले थारु जातिलाई थिचोमिचो गर्ने बित्तिकै उनले बस्ती सारिहाल्थे। पटक–पटक दुःख खेप्नु परेपछि उनले नयाँ जुक्ति लगाए।

कैलालीको यो ठाउँमा आएपछि अन्य जातिले बस्ती बस्न नपाउने विद्या लगाए। यदि, अन्य जातिले बसोबास गरेमा बिरामी हुने, मृत्यु हुने जनविश्वास छ। त्यही परम्परा अहिले पनि कायमै छ। यस सिमित क्षेत्रमा थारुबाहेक अन्य जातिको बसोबास छैन। उनै प्रकाण्ड विद्वान भगौटीको पहिलो नामबाट ‘भ’ र ‘दास’बाट ‘दा’लाई मिलाएर भादा नाम रहेको इतिहास वडाध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए।
भादामा पहिले ठूलो फाँट थियो। चारैतिर जंगल थियो। सुरुवातमा यहाँ १३ वटा मात्र घरहरू थिए। अहिले ३ सय घर धुरी छन्। जनसंख्या एक हजार ७ सय पुगिसकेको छ। दाङबाट आएका दंगौरा थारूको अहिले अनुमानित चौथो पुस्ता हो।
कसरी पुग्ने भादा ?
काठमाडौँबाट कैलालीको धनगढी हवाई यात्रा वा बस यात्राबाट पुग्न सकिन्छ। पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट भादा धेरै टाढा छैन। राजमार्गमा पर्ने झिल र राजीपुरबाट भादा पुग्न सकिन्छ। झिलबाट ७ किलोमिटरको दुरीमा छ भने राजीपुरबाट १२ किलोमिटरको दुरी पार गरेपछि भादा पुग्न सकिन्छ।
मोटरसाइकलमा १५ देखि २० मिनेट लाग्छ भने हिँडेर एक घण्टामै पुगिन्छ। यस्तै, धनगढीबाट १७ किलोमिटरको दुरीमा छ। बिचमा कच्ची बाटो भएकाले धनगढीबाट पुग्न १ घण्टा लाग्छ। गाउँलेहरूलाई सम्पर्क ग¥यो भने ल्याउन र पु¥याउने व्यवस्था छ। खान र बस्न त्यति महंगो छैन। भादाको सौन्दर्य नियाल्न एकपटक तपाई पनि पुग्ने कि?











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया