कांग्रेसले गठबन्धनभन्दा धेरै सिट जित्न महत्व दिन्छ : प्रवक्ता डा. महत

नेपालगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउने भन्ने विषयलाई केन्द्रमा राखेको बताएका छन्। कांग्रेसले सबैभन्दा बढी सिट कसरी हासिल गर्छ त्यही सोचेर अगाडि बढ्ने नीति अख्तियार गरेको उनले बताए।
नेपाल प्रेस युनियन बाँके शाखाले शनिबार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता डा. महतले सत्तारुढ गठबन्धनका बारेमा कांग्रेसलाई जे गर्दा फाइदा हुन्छ त्यसैअनुसार निर्णय लिने जोड दिए। उनले भने, ‘हामीलाई गठबन्धन गर्दा फाइदा हुन्छ कि नगर्दा त्यो विश्लेषण गर्छौं, भावनामा बगेर मात्र भएन, पार्टीलाई फाइदा हुने गरी निर्णय लिन्छौँ।’
प्रवक्ता डा. महतले कांग्रेसले चैतभित्रै उम्मेदवारको टुंगो लगाउने दाबी गर्दै भने, ‘हामी यसपटक समयमै उम्मेदवारहरूको टुंगो लगाएर निर्वाचनमा होमिन्छौँ, अघिल्ला निर्वाचन जस्तो अन्तिम समयमा आएर निर्णय लिने काम योपटक हुँदैन, चैतभित्रै उम्मेदवार टुंग्याउँछौँ।’
उनले निर्वाचन केन्द्रीत ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आह्वान पनि गरे। उनले भने, ‘तपाईंहरू घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियान बोकेर जनताको घर दैलोमा जानुहोस्, अहिले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउन सकिन्छ भनेर लाग्नुस्, विपक्षी दलको दुष्प्रचार र गल्तीहरूको बारेमा बोल्नुस्, एमसीसीका बारेमा फैलाइएको भ्रम चिर्नुस्।’
उनले उनले जित्ने गरी उम्मेदवार बनाउने कुरामा जोड दिँदै भने, ‘यसपटक जित्ने मान्छेलाई मात्र उम्मेदवार बनाइने छ। मेरो–तेरो या यो गुट–त्यो गुट भन्ने हुँदैन, जसले जित्ने देखिन्छ, उसैलाई पार्टीले उम्मेदवार बनाउँछ।’
प्रवक्ता डा. महतले एमसीसीका बारेमा सत्ता साझेदार वा विपक्षीले खडा गरेको भ्रमको पर्दा खुलेको र कांग्रेस सधैं सत्यका पक्षमा उभिने पार्टी भएको बताए। एमसीसी नेपालको हितमा भएकाले कांग्रेसले सत्तामा रहँदा वा प्रतिपक्षमा रहँदा पनि सधैं एउटै बोली बोलेको बताए।
















अनेरास्ववियुद्वारा भृकुटीमण्डप क्षेत्रमा टायर बालेर सडक अवरुद्ध
मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया