पार्टीलाई बलियो बनाउनु पर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई बलियो र सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन्। नेकपा एकीकृत समाजवादी तनहुँले आँबुखैरेनीमा आयोजना गरेको पालिका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा जनताको आकर्षण बढेकाले यसलाई कायम राख्नु पर्ने बताए।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गाउँ गाउँ पुगेर पार्टीका बारेमा प्रचार गर्न अध्यक्ष नेपालले आग्रह गरे। उनले पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने एकमात्र लक्ष्य रहेकाले सोही लक्ष्यमा हिँड्न सबैलाई अनुरोध गरे।
अध्यक्ष नेपालले तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र डोटीबाट निर्वाचित पर्यटन, संस्कृति तथा नागरिक उड्डयमन्त्री प्रेम आले नेकपा एमालेमा फर्किने चर्चा हल्ला मात्रै रहेको स्पष्ट पारे। ‘उहाँहरू एमालेमा फर्किने भनेर भ्रम फैलाइएको छ, त्यस्तो भ्रमबाट विचलित हुनु पर्दैन,’ नेपालले भने।
















आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया