देश युक्रेन र सिरिया बन्ने खतरा छ : सचेतक गुरुङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले देश इतिहासकै कठिन मोडमा रहेको बताएका छन्। सुगौली सन्धिपछि यति धेरै संकट नेपाली राजनीतिमा कहिले नदेखिएको उनको भनाई छ।
शनिबार पार्टीको सहायक संगठन वाइसीएल नेपालको भक्तपुर जिल्ला समन्वय समिति घोषणा एवं प्रशिक्षण कार्यक्रमलाई सूर्य विनायकमा सम्बोधन गर्दै प्रमुख सचेतक गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नु बाध्यता बनेको बताउँदै यसले देशलाई इतिहासकै कठिन मोडमा ल्याइपुर्याएको बताए।
संसदले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरी नेपाललाई अमेरिकी सैन्य रणनीतिअन्तर्गत सदस्य राष्ट्र बनाउने षड्यन्त्र रोक्न भूमिका खेलेको भन्दै उनले यो उच्च सावधानीपूर्वक गरिएको प्रयास भएको प्रष्ट पारे। यद्यपि, नेपाललाई अमेरिकी सैन्य रणनीतिअन्तर्गत राख्न प्रयास भइरहेको खुलासा गर्दै उनले यदि त्यसलाई रोक्न नसके देश युक्रेन र सिरिया बन्ने खतरा रहेको बताए।
नेपाल जीवन र मरणको स्थितिबाट गुज्रिरहेको जिकिर गर्दै उनले आगामी निर्वाचनमा दलहरूको हैसियतपछि त्यसको दृश्य देख्न सकिने प्रष्ट पारे। साम्राज्यवादीका दलाल र कठपुतलीहरू आगामी निर्वाचनमा विजय भए देश नै नरहने अवस्था आउन सक्ने उनले आशंका व्यक्त गर्दै आगामी निर्वाचनमा देशभक्त र क्रान्तिहरूलाई हार्ने छुट नभएको तर्क गरे।
चुनावी परिणामअनुसार माओवादी केन्द्रको संसदमा थोरै संख्या हुँदा एमसीसी रोक्न नसकिएको दाबी गर्दै उनले वर्तमान अवस्थामा एमसीसीको सम्भावित लक्षमा ब्रेक लगाउँदै राष्ट्रहित अनुरुप व्याख्यात्मक टिप्पणी गरी एमसीसीअघि बढाउने निर्णय भएको र माओवादी केन्द्रको प्रयासले मात्र त्यो सम्भव भएको भन्दै यसलाई आंशिक सफलताको रुपमा लिनु पर्ने बताए। आफ्नो पार्टी निर्वाचनबाट बलियो बनेर आएमा मात्र राष्ट्रिय स्वाधिनताको रक्षा हुने उनको जिकिर छ।
‘एमसीसीबाट सेना छिराउने अमेरिकी योजना हामीले रोकेका छौँ, तर हामी कमजोर भए उनीहरूलाई सेना भित्र्याउन कसैले रोक्न सक्ने छैन,’ उनले भने ।
















आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
प्रतिक्रिया