देश युक्रेन र सिरिया बन्ने खतरा छ : सचेतक गुरुङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले देश इतिहासकै कठिन मोडमा रहेको बताएका छन्। सुगौली सन्धिपछि यति धेरै संकट नेपाली राजनीतिमा कहिले नदेखिएको उनको भनाई छ।
शनिबार पार्टीको सहायक संगठन वाइसीएल नेपालको भक्तपुर जिल्ला समन्वय समिति घोषणा एवं प्रशिक्षण कार्यक्रमलाई सूर्य विनायकमा सम्बोधन गर्दै प्रमुख सचेतक गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नु बाध्यता बनेको बताउँदै यसले देशलाई इतिहासकै कठिन मोडमा ल्याइपुर्याएको बताए।
संसदले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरी नेपाललाई अमेरिकी सैन्य रणनीतिअन्तर्गत सदस्य राष्ट्र बनाउने षड्यन्त्र रोक्न भूमिका खेलेको भन्दै उनले यो उच्च सावधानीपूर्वक गरिएको प्रयास भएको प्रष्ट पारे। यद्यपि, नेपाललाई अमेरिकी सैन्य रणनीतिअन्तर्गत राख्न प्रयास भइरहेको खुलासा गर्दै उनले यदि त्यसलाई रोक्न नसके देश युक्रेन र सिरिया बन्ने खतरा रहेको बताए।
नेपाल जीवन र मरणको स्थितिबाट गुज्रिरहेको जिकिर गर्दै उनले आगामी निर्वाचनमा दलहरूको हैसियतपछि त्यसको दृश्य देख्न सकिने प्रष्ट पारे। साम्राज्यवादीका दलाल र कठपुतलीहरू आगामी निर्वाचनमा विजय भए देश नै नरहने अवस्था आउन सक्ने उनले आशंका व्यक्त गर्दै आगामी निर्वाचनमा देशभक्त र क्रान्तिहरूलाई हार्ने छुट नभएको तर्क गरे।
चुनावी परिणामअनुसार माओवादी केन्द्रको संसदमा थोरै संख्या हुँदा एमसीसी रोक्न नसकिएको दाबी गर्दै उनले वर्तमान अवस्थामा एमसीसीको सम्भावित लक्षमा ब्रेक लगाउँदै राष्ट्रहित अनुरुप व्याख्यात्मक टिप्पणी गरी एमसीसीअघि बढाउने निर्णय भएको र माओवादी केन्द्रको प्रयासले मात्र त्यो सम्भव भएको भन्दै यसलाई आंशिक सफलताको रुपमा लिनु पर्ने बताए। आफ्नो पार्टी निर्वाचनबाट बलियो बनेर आएमा मात्र राष्ट्रिय स्वाधिनताको रक्षा हुने उनको जिकिर छ।
‘एमसीसीबाट सेना छिराउने अमेरिकी योजना हामीले रोकेका छौँ, तर हामी कमजोर भए उनीहरूलाई सेना भित्र्याउन कसैले रोक्न सक्ने छैन,’ उनले भने ।
















अनेरास्ववियुद्वारा भृकुटीमण्डप क्षेत्रमा टायर बालेर सडक अवरुद्ध
मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया