रुसी हमलाको अन्तरिक्षमा छैन असर, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा उदाहरणीय सहकार्य

किभ । युक्रेन संकटलाई लिएर सुरुदेखि नै अमेरिका विवादमा तानिएको छ । युक्रेनमा २४ फेब्रुवरीमा रुसले हमला गरेदेखि नै अमेरिका र उ नेतृत्वको पश्चिमा गठबन्धनले रुसको चर्को विरोध गर्दै आएको छ । रुसविरुद्ध लड्न अमेरिकाले युक्रेनलाई सैन्य हतियारलगायका सहयोग प्रदान गर्दै आएको छ ।
त्यस्तै, युक्रेन हमला रोक्न बारम्बार चेतावनी दिँदै सोही बहानमा रुसमाथि विभिन्न प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले त रुसी समकक्षीलाई ‘युद्धअपराधी’ भनेर व्यक्तिगत रुपमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेका छन् ।
निश्चय नै युक्रेन हमलालाई लिएर पृथ्वीमा अमेरिका र रुसबीच तनाव छ । तर, अन्तरिक्षमा भने यी देशबीचको दोस्ती उत्तिकै छ जति पहिला थियो । अर्थात युक्रेन तनाबले अमेरिका र रुसी अन्तरिक्षयात्रीलाई खासै असर गरेको छैन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन ९आइएसएस० मा उनीहरु निकट भएर काम गरिरहेका छन् ।
रुस र अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको नजिकको सीमामा सँगै काम गरिरहेका छन् । तीन रुसी अन्तरिक्ष यात्रीहरू – कमाण्डर ओलेग आर्र्तेमेभ, डेनिस मातभिभ र सर्गेई कोर्साकोभ साढे छ महिनाको मिसनमा शुक्रबार सुरक्षित रूपमा उत्रिएको छ ।
आइएसएसमा अमेरिका, रुस र अन्य देशहरुबीच २३ वर्षदेखि सहकार्य हुँदै आएको छ । तीनै जना रुसी अन्तरिक्षलाई कारिन्दाको एउटा समूहले भव्य स्वागत गरेको थियो । समूहमा चार जना अमेरिकी, दुई रुसी र एक जर्मनीका छन् ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया