प्रधानमन्त्री देउवा सोमबार मोरङ जाँदै
मेरोन्यूज
२०७८ चैत ६ गते १८:०३

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार मोरङ जाने भएका छन्। उनी सुन्दरहरैचा नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन जाने भएका हुन्।
सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङले दिएको जानकारीअनुसार प्रधानमन्त्री देउवा सोमबार बिहान नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी उनले सो नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैचा नगरपालिकाको वडा नं ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको उपप्रमुख तामाङले बताइन्।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
प्रतिक्रिया