लेटाङमा बिहानैदेखि कर्फ्यू : आइतबारको घटनामा संलग्न रहेको आरोपमा छ जना पक्राउ

काठमाडौं । मोरङको लेटाङ घटनामा संलग्न भएको आरोपमा छजना पक्राउ परेका छन् । आइतबार स्थानीय र प्रहरीबीचको झडपमा एक प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।
आइतबारको घटनामा संलग्न रहेको भन्दै प्रहरीले सोमबार बिहान खेरूवाबाट छ जनालाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।
गत चैत ४ गते (होलीका दिन) शिक्षा विकास माविका नि.मा.वि का शिक्षकले १२ वर्षीया विद्यार्थीलाई जबरजस्ती प्रयास गरेको आरोपपछि लेटाङमा आइतबार (हिजो) तनावग्रस्त बनेको थियो । जिल्ला प्रशासन कार्यालयले आज बिहानै देखि अर्को आदेश नहुदाँसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।
यो पनि पढ्नुहोस्
प्रहरी महिलाको मृत्युपछि मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु
यौन दुर्व्यवहारको आरोपी समात्न गएका एक प्रहरीको हत्या, १८ प्रहरी घाइते
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया