आइतबार, चैत १५, २०८२

चुनावी तयारीमा दलहरु

एमालेले बनायो उम्मेदवार छनौटको ६ बुँदे मापदण्ड (बुँदासहित)

सिफारिस गर्ने प्रावधानमा केही संशोधनको प्रस्ताव, छनौट मापदण्डमा नेताहरुको सहमति

मेरोन्यूज २०७८ चैत ७ गते १६:३२

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको उम्मेदवार छनौटको ६ बुँदे मापदण्ड तय गरेको छ । तर त्यसरी उम्मेदवार छनौट गर्दा सिफारिस गर्ने मापदण्डको प्रावधानमा ने पोलिटब्यूरो बैठकले केही संशोधन गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस अगाडी केन्द्रीय सचिवालयले बनाएको उम्मेदवारको मापदण्डमा पोलिटब्यूरो बैठकमा आएका सुझाव सम्मलाई समेटेर सामान्य हेरफेर गर्ने प्रस्ताव आएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यसअघि सचिवालय बैठकले वडाध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटीले गरेर जिल्ला कमिटीले निर्णय गर्ने भनेको अब वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस्ताव गरेको थियो ।

वडा अध्यक्ष र ससदस्यको सम्वन्धित पार्टीको वडा कमिटीले सिफारिस गर्ने र त्यसलाई पालिका कमिटीमार्फत जिल्ला कमिटीले निर्णय गर्ने गुरुङले बताए । त्यस्तै पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको सिफारिस सम्बन्धित पालिका कमिटी हुँदै जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने प्रस्ताव छ ।

महानगरपालिका र उपमहानगरपालिकका मेयर तथा उपमेयरको निर्णय भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रबाट हुनेछ ।

उउम्मेदवार छनौटका लागि कस्ता ब्यक्तिलाइ छनौट गरेर सिफारिस गर्ने भन्नेमा भने एमालेले ६ बुँदे मापदण्ड बनाएको छ ।

ति मापदण्ड हरु यस्ता छन् :-

प्रतिक्रिया