यु-१८ महिला साफ: नेपालको लगातार तेस्रो हार

काठमाडौं । यु -१८ महिला साफ च्याम्पियनसिपमा नेपाल घरेलु टोली भारतसंग ५–१ अन्तरले पराजित भएको छ ।
भारतको जम्सेदपुरमा सम्पन्न खेलको १६औं मिनेटमा हेमाम सिल्की देवीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएकी थिइन् ।
२३औं मिनेटमा लिन्डा कोमले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारिन् । यस्तै, ३८ मिनेटमा कोमले नै गोल गर्दै भारतलाई तेस्रो अग्रता दिलाइन् ।
५६औं मिनेटमा भारतकी अनिता कुमारीले चौथो गोल गरिन् । खेलको ६२औं मिनेटमा कोमले ह्याट्रिक गर्दै घरेलु टोलीलाई ५–० को अग्रता दिलाएकी थिइन् ।
नेपालकी सन्दीपा भोलनले ७९औं मिनेटमा एक गोल फर्काएकी थिइन् ।
यसअघि भएको पहिलो खेलमा नेपाल भारतसँगै ७–० ले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको नेपाल प्रतियोगितामा अंकविहिन छ ।
प्रतियोगितामा तीन खेलबाट नौ अंक जोडेको भारत तालिकाको शीर्ष स्थानमा छ भने दुई खेलबाट तीन अंक जोडेको बंगलादेश तालिकाको दोस्रो स्थानमा छ ।
डबल राउन्ड रोविन लिग पद्दतीमा चलिरहेको च्याम्पियनसिपमा सर्वाधिक अंक जोड्नेले प्रतियोगिताको उपाधि जित्ने छ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया