आठ महिनामा ३१ अर्ब रुपैयाँको मोबाइल फोन आयत

काठमाडौँ । चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो आठ महिनामा नेपालमा करिब ३१ अर्ब रुपैयाँको मोबाइल फोन सेट भित्रिएको छ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा ३० अर्ब ९९ करोड २१ हजार रुपैयाँको मोबाइल फोन सेट नेपाल भित्रिएको हो। उक्त मूल्यमा ४२ लाख ५९ हजार ९८९ थान मोबाइल सेट विभिन्न देशबाट नेपाल भित्रिएको विभागले जनाएको छ।
पछिल्लो आठ महिनामा नेपालले सबैभन्दा बढी मोबाइल चीनबाट आयात गरेको छ। चीनबाट सो अवधिमा १८ अर्ब २३ करोड २४ लाख १० हजार रुपैयाँको मोबाइल फोन सेट नेपालमा आएको छ।
यस्तै, भारतबाट ११ अर्ब १६ करोड ६८ लाख २४ हजार रुपैयाँ, भियतनामबाट एक अर्ब १५ लाख ८७ हजार रुपैयाँ, युनाइटेड अरब इमिरेट्स (युएई)बाट १९ करोड ५५ लाख ६४ हजार रुपैयाँ, अमेरिकाबाट १० करोड ५० लाख ९८ हजार रुपैयाँ, बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँको फोनको सेट आएको हो।
यस्तै, जापानबाट चार करोड २४ लाख ३० हजार रुपैयाँ, हङकङबाट तीन करोड ६ लाख ३१ हजार रुपैयाँ, दक्षिण कोरियाबाट एक करोड ३६ लाख ११ हजार रुपैयाँ, कतारबाट दुई करोड ७५ लाख ९४ हजार रुपैयाँको मोबाइल नेपाल भित्रिएको छ।
गत आर्थिक वर्ष २०७७–७८ को सोही अवधिमा विभिन्न देशबाट २६ अर्ब ३० करोड ५४ लाख ९५ हजार रुपैयाँको मोबाइल सेट नेपालले आयात गरेको थियो। सो मूल्यमा ४९ लाख ९३ हजार ४५१ थान मोबाइल सेट नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ।

















प्रतिनिधिसभा निर्वाचनः कर्णालीमा कसले, कहाँ, कति सिट जिते ?
श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
भारतले जित्यो टि–२० विश्वकपको उपाधि
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
इलाम–२ मा सुहाङको अग्रता कायमै
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
प्रतिक्रिया