मंगलबार, जेठ ६, २०८२

नेपाललाई पपुवा न्युगिनीले दियो १७४ रनको लक्ष्य

मेरोन्यूज २०७८ चैत ८ गते १५:१३
फाइल फोटो

काठमाडौँ । आईसीसी क्रिकेट वल्र्ड कप लिग २ मा पापुवा न्युगिनीले नेपाललाई १७४ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको हो।

नेपालका लागि कप्तान सन्दिप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिए। आरिफ शेख, दिपेन्द्र सिंह ऐरी तथा पवन शर्राफले १–१ विकेट लिएका थिए।

यूएईमा जारी सिरिजको तीन खेल खेलिसक्दा नेपाल दुई खेलमा पराजित भएको छ। नेपालले दुई खेल यूएईसँग हारेको हो।

प्रतिक्रिया