माटो जोगाउन सद्गुरुको लण्डनबाट सय दिवसीय यात्रा शुरु

काठमाडौँ । योगी एवं सद्गुरुद्वारा माटो जोगाउन थालनी गरिएको सय दिवसीय यात्रा आज लण्डनको प्रतिष्ठित ट्रफालगर स्क्वायरबाट प्रारम्भ भएको छ। तत्काल माटोको विनाश रोक्ने र अहिलेको स्थितिलाई उल्टाउने उद्देश्यसहित सद्गुरुले माटो जोगाउन जागरूक धरती अभियान आरम्भ गरेका हुन्।
करिब ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गर्ने क्रममा, सद्गुरुले अर्को युके, युरोप, मध्य–पूर्वका राष्ट्रहरू र भारत गरी २७ राष्ट्रहरू भ्रमण गर्ने छन्। यस अवधिमा उनले विश्वका नेता, नेतृत्वकर्ता, मिडिया साथै विश्वभरिका प्रमुख विज्ञसँग अन्तर्क्रिया गरी माटो जोगाउन तत्काल ठोस कार्य गर्नु पर्ने आवश्यकतामा जोड दिने भएका छन्।
मरुभूमिकरण सामना गर्न गठित संयुक्त राष्ट्रसंघको सम्मलेनका अनुसार सन् २०५० सम्म पृथ्वीको ९० प्रतिशत माटो गुणस्तरहीन भई विश्वभरि खाद्य संकट, पानीको अभाव, खडेरी र भोकमरी, विषम जलवायु परिवर्तन, विशाल स्तरमा स्थानान्तरण र अकल्पनीय दरमा प्रजातिहरू सखाप हुने जस्ता विपत्तिहरू निम्तिने छन्।
यस अभियानलाई विश्वभरिका प्रतिष्ठित व्यक्तिद्वारा समर्थन गरिएको छ। यसका लागि चर्चित पर्यावरण संरक्षण विद् डा. जेन गुडल, दलाई लामा, विश्व आर्थिक मञ्चका कार्यकारी अध्यक्ष क्लाउस श्वाबसमेत सहभागी भएका छन्।
त्यसैगरी, मार्क बेनिअफ, दिपक चोपरा, टोनी रबिन्स, म्याठी हेडन, क्रिस गेयल, जुही चावला र सञ्जिव सन्याललगायत थुप्रै ख्याति प्राप्त सेलिब्रिटी, कलाकार, खेलकुदकर्मी, प्रमुख व्यवसायी एवम् विविध क्षेत्रका विज्ञहरूले समेत यस अभियानलाई समर्थन गरेका छन्।










सुनको मूल्य तोलामा दुई हजारले घट्यो
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया