संवैधानिक नियुक्ति खारेज गर्न आदेश माग

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वमा संवैधानिक परिषद्ले गरेको सिफारिसका आधारमा भएका संवैधानिक नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग गरेको छ ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिक परिषद्ले गरेको नियुक्तिविरुद्ध परेको रिटको पक्षमा बहस गर्दै कानुन व्यवसायीले अन्तरिम आदेश माग गरेका हुन् ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, दिनेश त्रिपाठीलगायतले तत्कालीन प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशअनुसार बसेको संवैधानिक परिषद्को बैठक अवैध भएको बताएका थिए । बैठक नै अवैध भएको भन्दै बैठकले गरेको सिफारिसमा संवैधानिक आयोगका नियुक्ति अवैध भएको भन्दै उनीहरूले संवैधानिक इजलासले सो नियुक्ति बदर गर्न अन्तरिम आदेश माग गरेका हुन् ।
तर, तत्कालीन प्रधानमन्त्री ओलीले तीन जना सदस्यको उपस्थितमा बैठक बस्न र निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेका थिए । सोही अध्यादेशका आधारमा संवैधानिक आयोगमा ५० भन्दा बढी पदाधिकारी नियुक्ति भएका थिए ।
ती पदाधिकारीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायतका संवैधानिक संस्थामा काम गरिरहेका छन् ।
















इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
प्रतिक्रिया