गठबन्धनमा तालमेल भए एमालेलाई फाइदा : नेता भट्टराई

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा आफ्नो पार्टीलाई हुने बताएका छन् ।
एमालेको जारी केन्द्रीय कमिटी बैठक स्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्य दिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाए । उनले स्थानीय तहको निर्वाचनमा एमालेले केन्द्रीय स्तरमा घोषणा गरेर कुनै पनि दलसँग तालमेल नगर्ने पनि स्पष्ट गरे ।
उनका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा होमिनु पर्ने आह्वान गरिएको छ । प्रतिवेदनमा स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टीप्रति प्रतिबद्ध, विगतको निर्वाचनमा विजय हासिल गरेको भए निजले गरेका काम राम्रो हुनु पर्ने, चारित्रिक हिसाबले असल र क्षमतावान् हुनु पर्ने मापदण्ड प्रस्ताव गरिएको उनले जानकारी दिए ।
बैठकमा विभिन्न प्रदेशका अध्यक्षले रिपोर्टिङ गर्दै पार्टी तल्लो तहसम्म पुनः संगठित भएको र विभाजनको खासै असर नपरेको अवगत गराएका छन् ।















योजना अधिकृत हमालको लेक लागेर मृत्यु
सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया