सोमबार, पुष १४, २०८२

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

मेरोन्यूज २०७८ चैत ९ गते १६:४५

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २०.३४ अंकले घटेर दुई हजार ६३०.३६ मा पुगेको छ ।

नेप्सेको गिरावटसँगै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.२२ अंकले ओरालो लागेर ४९५.११ मा आएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको आजको बजारमा कूल २२६ कम्पनीका ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर दुई अर्ब चार करोड ६३ लाख ५२ हजार ५४७ रपैयाँमा खरिद बिक्री भएका छन् ।

आज कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहका शेयर मूल्यमा वृद्धि देखियो भने ११ उपसमूहको शेयर मूल्य भने ओरालो लाग्यो । जसमा व्यापार १२.७७ र सामूहिक लगानी कोष ०.०४ अंकले बढेका छन् ।

प्रतिक्रिया