घाइते ट्रयाक्टर चालकको मृत्यु
मेरोन्यूज
२०७८ चैत ९ गते २१:५१
काठमाडौँ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका ३ हात्ती अड्केमा भएको ट्रयाक्टर दुर्घटनामा चालकको ज्यान गएको छ ।
गिट्टीको लोड बोकेर जाँदै गरेको ना ६ त ९६५० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मकवानपुर हेटौँडाका २८ वर्षीय चालक राजेन्द्र प्रजाको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो ।
लोड बोकेको ट्रयाक्टर बुधबार दिउँसो सडकबाट तीन सय मिटर तल खसेको थियो । ट्रयाक्टर चालक प्रजाको उपचारको क्रममा बुधवार साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
सम्बन्धित
















सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
Pedestrian dies in road accident
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया