इजेड वल्र्डवाइड रेमिट र इसेवा मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौँ । नेपालको रेमिट्यान्स् बजारमा बलियो उपस्थिति जनाउँदै आएको इसेवा मनी ट्रान्सफर र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको प्रतिष्ठित बैंक बिएफसी बैंकअन्तर्गत रहेको इसेड रेमिटबीच रेमिट्यान्स् सम्झौता भएको छ ।
यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरू तथा संसारका नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा पैसा पठाउन सकिने छ । सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट सीईओ अजेश कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसर तथा कार्यबहाक सीईओ मुजाहिद मलिकले हस्ताक्षर गरेका थिए ।
सम्झौताबारे बोल्दै इसेवा मनी ट्रान्सफरका कोइरालाले भने, ’इजेडसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ, यस रेमिट्यान्स सम्झौतामार्फत इसेवा मनी ट्रान्सफरले नेपालीलाई आफ्नो परिवारसँग जोड्ने कुरामा हामी विश्वस्त छौँ, सस्तो, छिटो र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो घर–परिवारसम्म जोड्न हामी निरन्तर लागि रहने छौँ ।’
सन् २००३ मा स्थापना भएको इजेड रेमिट लन्डनमा रहेर विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको रेमिट कम्पनी हो । यो बहराइनमा रहेको बिएफसी गु्रप होल्डिङ्कस् (बिएफसी) गु्रपको मातहतमा रहेर रहेर सञ्चालन हुँदै आएको छ । यो रेमिट कम्पनी हाल संसारका ४० भन्दा बढी मुलुकमा विस्तार भई सेवा प्रदान गरि रहेको छ ।

















आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
झापा–२मा पूर्वसभामूख घिमिरेलाइ हराएर पूर्वउपसभामूख रानामगर विजयी
११७ स्थानकाे मतगणना सकिँदा रास्वपाका ९१ उम्मेदवार विजयी
इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया