इजेड वल्र्डवाइड रेमिट र इसेवा मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौँ । नेपालको रेमिट्यान्स् बजारमा बलियो उपस्थिति जनाउँदै आएको इसेवा मनी ट्रान्सफर र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको प्रतिष्ठित बैंक बिएफसी बैंकअन्तर्गत रहेको इसेड रेमिटबीच रेमिट्यान्स् सम्झौता भएको छ ।
यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरू तथा संसारका नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा पैसा पठाउन सकिने छ । सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट सीईओ अजेश कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसर तथा कार्यबहाक सीईओ मुजाहिद मलिकले हस्ताक्षर गरेका थिए ।
सम्झौताबारे बोल्दै इसेवा मनी ट्रान्सफरका कोइरालाले भने, ’इजेडसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ, यस रेमिट्यान्स सम्झौतामार्फत इसेवा मनी ट्रान्सफरले नेपालीलाई आफ्नो परिवारसँग जोड्ने कुरामा हामी विश्वस्त छौँ, सस्तो, छिटो र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो घर–परिवारसम्म जोड्न हामी निरन्तर लागि रहने छौँ ।’
सन् २००३ मा स्थापना भएको इजेड रेमिट लन्डनमा रहेर विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको रेमिट कम्पनी हो । यो बहराइनमा रहेको बिएफसी गु्रप होल्डिङ्कस् (बिएफसी) गु्रपको मातहतमा रहेर रहेर सञ्चालन हुँदै आएको छ । यो रेमिट कम्पनी हाल संसारका ४० भन्दा बढी मुलुकमा विस्तार भई सेवा प्रदान गरि रहेको छ ।













चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
काठमाडौंमा यसरी मनाइयाे तमु ल्होसार (तस्बिरहरू)
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
भक्तपुरमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
रास्वपाकाे समानुपातिक सूचीमा कलाकारदेखि क्रिकेटरसम्म (सूची)
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया