आइतबार, माघ ११, २०८२

शेखर पक्षको नेविसंघ र तरुण दलको भेला बस्दै

मेरोन्यूज २०७८ चैत १० गते १८:५२

काठमाडौँ । नेपाली कांग्रेसको डा. शेखर कोइरालाले नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दलको भेला बोलाएका छन् । उनले आफ्नो पक्षको दुई संगठनको भेला बोलाएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले परामर्श नगरी नेविसंघ र र तरुण दलको अध्यक्ष चयन गरेसँगै शेखर पक्षले आफ्नो पक्षको भेला बोलाएका हुन् ।

नेविसंघको अध्यक्ष नियुक्तिबारे शेखर पक्षका कार्यकर्ताले विरोध गर्ने भएका छन् ।

देउवाले बुधबार नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई सिफारिस गरेका थिए ।

प्रतिक्रिया