सानिमा बैंक नयाँ शाखा चितवनको टाँडीमा
काठमाडौँ । सानिमा बैंकले चितवनको टाँडीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र सानिमा बैंकका संचालक डा. केशव प्रसाद आचार्यले संयुक्त रुपमा गरेका थिए ।
उद्घाटन समारोहमा मह जोडीले रत्ननगर टाँडीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।
उद्घाटन समारोहमा रत्ननगर नगरपालिकाका मेयर नारायण बनले रत्ननगरमा सानिमा बैंकले शाखा सञ्चालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्न शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी बैंकका सञ्चालक डा. केशव प्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११४ वटा एटिएम सञ्चालनमा रहेका छन् ।













कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया