आइतबार, माघ ११, २०८२

ग्यास लिक भएर आगोलागी हुँदा एक जना घाइते

मेरोन्यूज २०७८ चैत १० गते २१:२०

काठमाडौँ । लमजुङको बेँसीसहर नगरपालिका १० मा ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ छन् ।

ग्यास लिक भएर आगालागी हुँदा गुरुङ घाइते भएको लमजुङ प्रहरी कार्यालयले जनाएको छ । उनको दुवै हात र खुट्टाका साथै पेटमा पोलेको छ ।

उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौं रिफर गरिएको छ ।

प्रतिक्रिया