पीएनजीविरुद्ध नेपालले पहिला बलिङ गर्ने
युवा ब्याट्सम्यान देव खनालको डेब्यू
मेरोन्यूज
२०७८ चैत ११ गते १०:१०

काठमाडौं । पीएनजीविरूद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिला बलिङ गर्ने भएको छ । युवा ब्याट्सम्यान देव खनालले नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यू गरेका छन्।
शुक्रबार पपुवा न्युगिनीविरूद्धको पहिलो एकदिवसीय खेलमा प्लेइङ ११ मा स्थान बनाएसँगै देवले राष्ट्रिय टिममा डेब्यू गरेका हुन्। त्रिवि मैदान कीर्तिपुरमा सुरू खेलमा नेपालले पहिले बलिङ गर्दैछ। देव खनाल नेपालको यू-१९ राष्ट्रिय टिममा कप्तान हुन्।
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, देव खनाल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सोमपाल कामी, रोहितकुमार पौडेल, पवन सर्राफ, आरिफ शेख, भीम सार्की र अनिलकुमार शाह ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया