कांग्रेसलाई फाइदा नभए गठबन्धन हुँदैन : प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको केन्द्रीय कार्य समिति बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल भएको बताएका छन् । शुक्रबार पार्टीको बैठकपछि पत्रकारसँग बोल्दै उनले स्थानीय तहमा गएका नेताहरूले गठबन्धन गर्नेबारेमा रिर्पोट पेश गरिरहेको बताए ।
उनले भने, ‘बैठकमा नेताहरूले गठबन्धनको बारेमा रिर्पोट पेश गरिरहनुभएको छ, स्थानीय तहको निर्वाचनमा पार्टीले कहाँ गठबन्धन गर्दा राम्रो हुने ? कहाँ एकल निर्वाचनमा जाने भन्नेबारे छ कहाँ छलफल भइरहेको छ, जिल्लादेखि स्थानीय तहसम्म साथीहरूले मेहनत गर्नु भएको छ ।’
प्रवक्ता डा. महत पार्टी सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनसँगै चुनावमा जाने भनेर भ्रम फैलाइएको बताए । ‘हाम्रो पार्टी सभापति स्पष्ट हुनुहुन्छ, जहाँ पार्टीलाई फाइदा हुन्छ त्यहाँ गठबन्धन गर्ने, जहाँ फाइदा हुँदैन त्यहाँ एक्लै जाने,’ उनले भने ।
स्थानीय तहको साथीहरूको निर्यणअनुसार नेकपा एमालेसँग समेत गठबन्धन हुने उनले बताए ।
















गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवद्र्धन गरिँदै
सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
प्रतिक्रिया