मंगलबार, जेठ ६, २०८२

विश्वकप छनोटः भेनेजुएलाविरुद्ध अर्जेन्टिनाको सहज जित

मेरोन्यूज २०७८ चैत १२ गते ७:३१

काठमाडौं । अर्जेन्टिनाले भेनेजुएलामाथि सहज जित निकालेको छ। फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटअन्तर्गत शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले हराएको हो ।

अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल डी मारिया र लियोनल मेसीले एक-एक गोल गरे । खेलको ३५ औं मिनेटमा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई सुरूआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले अघि रहेको अर्जेन्टिनाले दोस्रो हाफमा थप २ गोल गर्‍यो। खेलको ७९ औं मिनेटमा डी मारियाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा कप्तान मेसीले गोल गर्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए । यो जितसँगै अर्जेन्टिनाले १६ खेल ३८ अंक जोडेको छ ।

विश्वकपमा यसअघिनै छनोट भईसकेको अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ । भेनेजुएला १० अंक जोडेर पुछारमा छ। दक्षिण अमेरिकी छनोटबाट चार राष्ट्रले सोझै विश्वकपमा स्थान बनाउनेछन् ।

जसमध्ये ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरूग्वेले कतार विश्वकपमा स्थान पक्का गरिसकेका छन् । पाँचौ स्थानको टोलीले प्लेअफ छनोट खेल्नुपर्नेछ । जसमा पेरू, कोलम्बिया र चिली दाबेदार छन् ।

प्रतिक्रिया