विश्वकप छनोटः भेनेजुएलाविरुद्ध अर्जेन्टिनाको सहज जित

काठमाडौं । अर्जेन्टिनाले भेनेजुएलामाथि सहज जित निकालेको छ। फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटअन्तर्गत शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल डी मारिया र लियोनल मेसीले एक-एक गोल गरे । खेलको ३५ औं मिनेटमा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई सुरूआती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १-० ले अघि रहेको अर्जेन्टिनाले दोस्रो हाफमा थप २ गोल गर्यो। खेलको ७९ औं मिनेटमा डी मारियाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा कप्तान मेसीले गोल गर्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए । यो जितसँगै अर्जेन्टिनाले १६ खेल ३८ अंक जोडेको छ ।
विश्वकपमा यसअघिनै छनोट भईसकेको अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ । भेनेजुएला १० अंक जोडेर पुछारमा छ। दक्षिण अमेरिकी छनोटबाट चार राष्ट्रले सोझै विश्वकपमा स्थान बनाउनेछन् ।
जसमध्ये ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरूग्वेले कतार विश्वकपमा स्थान पक्का गरिसकेका छन् । पाँचौ स्थानको टोलीले प्लेअफ छनोट खेल्नुपर्नेछ । जसमा पेरू, कोलम्बिया र चिली दाबेदार छन् ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया