दिपेन्द्रको शतकमा नेपालले दियो २ सय ७९ रनको लक्ष्य

काठमाडौ । मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीको शतकप्रेरित नेपालले पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको दोस्रो एकदिवसीय खेलमा दुई सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७८ रनको योगफल तयार गर्यो ।
नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङका लागि आएका दीपेन्द्रले एक सय ४० बलमा सात चौकासहित एक सय पाँच रन बनाए । उनको यो पहिलो एकदिवसीय शतक हो ।
स्कोरबोर्डमा पाँच रन जोड्दा दुवै ओपनर गुमाएको नेपालको इनिङ दीपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारी गर्दै उकासेका थिए ।
देव र दीपेन्द्रले कीर्तिमानी एक सय २९ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय क्रिकेटमा नेपालको सबैभन्दा उच्च साझेदारी हो ।
एकदिवसीय खेलमा पहिलो अर्धशतक बनाएका देवले ८६ बलमा चार चौका र तीन छक्कासहित ७२ रन बनाए ।
यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ३५, भीम सार्कीले २६ रन बनाउँदा अन्तिममा आक्रामक ब्याटिङ गरेका कप्तान सन्दीप लामिछानेले नौ बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे ।
नेपाली टोलीका ओपनरद्वय कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा अनिल साह एक रनमा आउट भएका थिए । यसबाहेक पवन सर्राफ पनि गोल्डेन डकआउट भएका थिए ।









राजधानीमै छैन पर्यटक बसको बसपार्क
चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया