सांसद साहमाथि एमालेको सुनियोजित हमला : जसपा

काठमाडौँ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको केन्द्रीय सदस्य तथा सांसद प्रमोद साहमाथि भएको हमलाप्रति आपत्ति जनाएको छ । आज बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताले साहमाथि सांघातिक हमला गरेको भन्दै जसपाले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।
‘पार्टी कामको सिलसिलामा गृह जिल्ला पुग्नु भएका मा. साहमाथि सुनियोजित ढंगबाट आक्रमण गरी घटना घटाइ उहाँलगायत दर्जनौं कार्यकर्ता घाइते हुने गरी भएको निन्दनीय कार्यको जनता समाजवादी पार्टी घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
जसपाले एमालेले घृणित र अपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं एमाले हुने जनाएको छ । उक्त घटनाका दोषीमाथि अविलम्ब कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न जसपाले माग गरेको छ ।
घाइते भएका साहलाई हेलिकप्टोरमार्फत थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

















दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया