ट्याक्टर दुर्घटनाबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते
मेरोन्यूज
२०७८ चैत १२ गते २१:२३
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० मा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा फुङलिङ नगरपालिका ८ का २८ वर्षीय रुपेश राई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दाउरा लिएर सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर फुङ्लिङ नगरपालिका १० को भित्री सडकस्थित गुरुङगुम्बा नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिए । घाइते हुनेमा विशेष राई रहेको प्रहरीले जनाएको छ ।
घाइते राई उपचारको लागि झापामा रिफर गरिएको प्रहरीले जनाएको छ । सामान्य घाइते अन्य दुई जना प्राथमिक उपचार पछि घर फर्केको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
















मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक थप दुई दिन म्याद
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया