म्यादी प्रहरीमा भर्ना हुन २२८५ जनाको आवेदन

जुम्ला । जिल्लामा म्यादी प्रहरीको लागि खोलिएको आवेदनमा दुई हजार २८५ जनाको दरखास्त परेको छ । स्थानीय तह निर्वाचनका लागि चैत ६ देखि ११ गतेसम्म म्यादीको भर्ना आवेदन लिइएको थियो ।
सो अवधिमा म्यादीका लागि ५३१ जना महिला र १७ सय ५४ जना पुरुषले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने, ‘जुम्लाका लागि सात सय ६८ जना म्यादी प्रहरी भर्ना गर्नु पर्ने हो ।’
तर, यहाँ दुई हजार दुई सय ८५ जनाको दरखास्त परेको छ । उनका अनुसार म्यादी प्रहरी भर्ना लागी दरखास्त दिनेको घुइचो लागेको छ । २२ गतेभित्र म्यादीको अन्तिम नतिजा निकाल्नु पर्ने छ ।
प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले भने, ‘छनोटको मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्षभन्दा माथि र ५४ वर्ष भन्दा तलाका नागरिकले दरखास्त दिन पाउने छन् ।’
आगामी निर्वाचनलाई लक्षित गरी भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुने प्रहरी जवान हस्तबहादुर बुढा मगरले बताए । त्यसका लागि मासिक ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।
















मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया