म्यादी प्रहरीमा भर्ना हुन २२८५ जनाको आवेदन

जुम्ला । जिल्लामा म्यादी प्रहरीको लागि खोलिएको आवेदनमा दुई हजार २८५ जनाको दरखास्त परेको छ । स्थानीय तह निर्वाचनका लागि चैत ६ देखि ११ गतेसम्म म्यादीको भर्ना आवेदन लिइएको थियो ।
सो अवधिमा म्यादीका लागि ५३१ जना महिला र १७ सय ५४ जना पुरुषले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने, ‘जुम्लाका लागि सात सय ६८ जना म्यादी प्रहरी भर्ना गर्नु पर्ने हो ।’
तर, यहाँ दुई हजार दुई सय ८५ जनाको दरखास्त परेको छ । उनका अनुसार म्यादी प्रहरी भर्ना लागी दरखास्त दिनेको घुइचो लागेको छ । २२ गतेभित्र म्यादीको अन्तिम नतिजा निकाल्नु पर्ने छ ।
प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले भने, ‘छनोटको मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्षभन्दा माथि र ५४ वर्ष भन्दा तलाका नागरिकले दरखास्त दिन पाउने छन् ।’
आगामी निर्वाचनलाई लक्षित गरी भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुने प्रहरी जवान हस्तबहादुर बुढा मगरले बताए । त्यसका लागि मासिक ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया