भारतीय जेसीबीको चाबी सशस्त्र प्रहरीको नियन्त्रणमा

दार्चुला । महाकाली नदीमा ढुंगा निकाल्दै नेपाली क्षेत्रमा पुगेको भारतीय जेसीबीको चाबी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो दार्चुलाको महाकाली नगरपालिका १ कलोन क्षेत्रमा महाकाली नदीमा ढुंगा निकाल्दै, धार परिवर्तन गर्दै भारतीय जेसीबी नेपाली क्षेत्रमा पुगेपछि सशस्त्र प्रहरीले जेसीबिको चाबी नियन्त्रणमा लिएको हो ।
कलोन क्षेत्रमा भारतीय जेसीबी नेपाली क्षेत्रमा पुगेपछि सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाबाट गस्तीमा गएको टोलीले जेसीबिको चाबी नियन्त्रणमा लिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
नेपाली क्षेत्रमा प्रवेश गर्नका लागि भारतले कुनै अनुमति नलिएको उनको भनाई छ । ‘नेपाली क्षेत्रको बाटो प्रयोग गरेर माथिल्लो क्षेत्र गइरहेको जस्तो देखियो । तर हाम्रो बाटो प्रयोग गर्नका लागि अनुमति लिनुपर्ने हुन्छ,’ प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने ।
चाबी नियन्त्रणमा लिएको भए पनि भारतीय जेसीबी फिर्ता भएको छ । दार्चुला सदरमुकाम खलंगाको पारिपट्टीदेखि कलोन क्षेत्रसम्म महाकाली नदी किनारमा भारतले तटबन्ध निर्माण गरिरहेको छ । महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण भइरहेको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।
भारतले हाल आफ्नो पुरानो तटबन्धभन्दा करिब १० मिटर वर नयाँ तटबन्ध निर्माण गरिरहेको छ । महाकाली नदीको बहाव नेपालतर्फ धकेल्ने गरी काम भइहरेको भन्दै दार्चुलाबाट निर्वाचित संघीय सांसद एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले भारतीय तटबन्ध निर्माणको काम रोकिनु पर्ने बताएका छन् ।
भारतले निर्माण गरिरहेको तटबन्धको सन्दर्भमा हालै नेपाली स्थानीय प्रशासन र भारतीय स्थानीय प्रशासनबीच छलफल भएको छ । आफूले निर्माण गरिरहेको तटबन्धको डिजायन तथा संरचना बारे भारतले नेपाली पक्षलाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।
भारतीय तटबन्धको डिजायनबारे माथिल्लो निकायलाई जानकारी गराइएको र तटबन्ध बारे विस्तृत अध्ययनका लागि विज्ञटोली पठाउन अनुरोध गरेको उनले बताए ।
















महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८३’को डिजिटल संस्करण सार्वजानिक
नेपाल पत्रकार महासङ्घको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान
शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने
अष्ट्रेलियाली शेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया