भारतीय जेसीबीको चाबी सशस्त्र प्रहरीको नियन्त्रणमा

दार्चुला । महाकाली नदीमा ढुंगा निकाल्दै नेपाली क्षेत्रमा पुगेको भारतीय जेसीबीको चाबी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो दार्चुलाको महाकाली नगरपालिका १ कलोन क्षेत्रमा महाकाली नदीमा ढुंगा निकाल्दै, धार परिवर्तन गर्दै भारतीय जेसीबी नेपाली क्षेत्रमा पुगेपछि सशस्त्र प्रहरीले जेसीबिको चाबी नियन्त्रणमा लिएको हो ।
कलोन क्षेत्रमा भारतीय जेसीबी नेपाली क्षेत्रमा पुगेपछि सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाबाट गस्तीमा गएको टोलीले जेसीबिको चाबी नियन्त्रणमा लिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
नेपाली क्षेत्रमा प्रवेश गर्नका लागि भारतले कुनै अनुमति नलिएको उनको भनाई छ । ‘नेपाली क्षेत्रको बाटो प्रयोग गरेर माथिल्लो क्षेत्र गइरहेको जस्तो देखियो । तर हाम्रो बाटो प्रयोग गर्नका लागि अनुमति लिनुपर्ने हुन्छ,’ प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने ।
चाबी नियन्त्रणमा लिएको भए पनि भारतीय जेसीबी फिर्ता भएको छ । दार्चुला सदरमुकाम खलंगाको पारिपट्टीदेखि कलोन क्षेत्रसम्म महाकाली नदी किनारमा भारतले तटबन्ध निर्माण गरिरहेको छ । महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण भइरहेको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।
भारतले हाल आफ्नो पुरानो तटबन्धभन्दा करिब १० मिटर वर नयाँ तटबन्ध निर्माण गरिरहेको छ । महाकाली नदीको बहाव नेपालतर्फ धकेल्ने गरी काम भइहरेको भन्दै दार्चुलाबाट निर्वाचित संघीय सांसद एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले भारतीय तटबन्ध निर्माणको काम रोकिनु पर्ने बताएका छन् ।
भारतले निर्माण गरिरहेको तटबन्धको सन्दर्भमा हालै नेपाली स्थानीय प्रशासन र भारतीय स्थानीय प्रशासनबीच छलफल भएको छ । आफूले निर्माण गरिरहेको तटबन्धको डिजायन तथा संरचना बारे भारतले नेपाली पक्षलाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।
भारतीय तटबन्धको डिजायनबारे माथिल्लो निकायलाई जानकारी गराइएको र तटबन्ध बारे विस्तृत अध्ययनका लागि विज्ञटोली पठाउन अनुरोध गरेको उनले बताए ।
















क्यानडाको चीनसँगको व्यापार कदमप्रति अमेरिकाको चासो
महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई
सुदूरपश्चिममा १८ महिला उम्मेदवार चुनावी मैदानमा
तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया