कतारमा आँखाको ज्योति गुमाएका गणेश श्रेष्ठ जसले ‘नेत्रहीन संघ’ गठन गरे

महोत्तरी । बर्दिबास-२ का गणेश श्रेष्ठ २०७३ सालमा वैदेशिक रोजगारमा जाँदा एकदमै तन्दुरुस्त थिए । २०६४ सालमा विवाह गरेका श्रेष्ठ परिवारकै सल्लाहमा पैसा कमाउने उद्देश्यले कतार हानिँदा निकै उत्साहित भए ।
भनेजस्तो काम नभए पनि सन्तोषजनक तलब पाएसँगै श्रेष्ठ र श्रेष्ठको परिवारको खुसी थामिनसक्नुको थियो । तर, त्यो खुसी धेरै दिन टिक्न पाएन । एकदिन श्रेष्ठ र उनको साथीको विवाद हुँदा दुई पक्षबीच ठूलो झगडा भयो ।
मुक्का हानाहान मात्र भएन उनको साथीले श्रेष्ठलाई टाउकोमा चिर्पटले हान्दा अगाडि आँखाको रेटिना नै गुम्न पुग्यो । काम गरेर परिवारलाइ खुसी दिने उद्देश्यले प्रदेशमा संघर्ष गर्न पुगेका श्रेष्ठको संघर्ष त्यसपछि झन काहाली लाग्दो बन्यो ।
दुवै आँखा गुमाएर श्रेष्ठ करिब डेढ वर्षपछी स्वदेश फर्किए । उनको अवस्था देखेपछि छोराको भरोसामा बाँचिरहेका बुबाआमा, श्रीमती निकै भावविह्वल बने । कठिन संघर्षले श्रेष्ठलाई जब सफलताको बाटोमा डोर्याउँदै लग्यो, तब उनले म आँखा देख्दिनँ भन्ने बिर्संदै गए ।
श्रेष्ठले जब मैनबत्ती, मुढा, साबुन बनाउने, फिनेल, ह्यारपिक र अगरबत्ती बनाउने तालिम लिए तब आत्मविश्वास यसरी सञ्चार भयो कि उनी आफैँ उत्साहित बने ।
श्रेष्ठले आफूजस्तै दुर्घटना वा जन्मजात आँखा गुमाएकाहरूको सुची तयार गर्दै गए । महोत्तरीमा मात्र पाँच सय जनाभन्दा बढी दृष्टिविहीनहरूलाई प्रत्यक्ष भेटेर आफ्ना अनुभव सुनाए ।

नेत्रहीन संघ महोत्तरीको गठन भएपछि श्रेष्ठलाई दृष्टिविहीनहरूसँग थप काउन्सिलिङ गर्न सहयोग मिल्यो । अहिले संघमा ३५० भन्दा बढी दृष्टिविहीन जोडिएका छन् ।
श्रेष्ठ अहिले उक्त संस्थाका संयोजक समेत छन् । जिल्लाका धेरैजसो दृष्टिविहीनहरू स्वरोजगार बनेका छन् भने कतिपयले लोकसेवा आयोगबाट सरकारी सेवामा प्रवेश गरेका छन् ।
लोकसेवा आयोगबाट पास गरेर अहिले जिल्लाका करिब १० जना दृष्टिविहीनहरू सरकारी सेवामा कार्यरत छन् भने सयौँ जना मैनबत्ती, अगरबत्ती, सावुन बनाएर स्वरोजगार बनिरहेका छन् ।
श्रेष्ठ आफैँ पनि दिनभरि बजार चहार्छन् र आफैँले बनाएको अगरबत्ती, मैनबत्ती, सावुन बोकेर बेच्ने गर्दछन् । यसैबाट श्रेष्ठलाई आर्थिक उपार्जन गरेर परिवारको आर्थिक समस्या टारिरहेका छन् । एकमात्र रहेका छोरालाई शिक्षादीक्षा दिइरहेका छन् ।

अहिले उनकै पहलमा नेत्रहीनहरूका लागि भवन निर्माण कार्य अगाडि बढेको छ । बर्दिबास नगरपालिकाले भवन निर्माणका लागि १५ लाख रुपैयाँ दिएको छ,श्रेष्ठले भने ।
श्रेष्ठको सारथी वीरेन्द्र महतो बनेका छन् । उनी पनि दृष्टिविहीन हुन् । तर, शिक्षक सेवा आयोगबाट नाम निकालेर जिल्लाको रामगोपालपुर नगरपालिकामा उनी शिक्षण पेसामा छन् ।















कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
एथर रिज्टा एस नेपालमा सार्वजनिक, कति छ मूल्य ?
क्यूआर स्क्यानमा लाखौँका प्राइज
महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८३’को डिजिटल संस्करण सार्वजानिक
नेपाल पत्रकार महासङ्घको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया