आइतबार, माघ ११, २०८२

शेखर समुहका तरुण र विद्यार्थीको बैठक बस्दै

मेरोन्यूज २०७८ चैत १४ गते १२:३८

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला निकट तरुण र विद्यार्थी नेताहरुको आज अलग्गै बैठक बस्दै छन् । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आज १ बजे बैठक बस्ने भएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले तरुण दल र नेविसंघमा एकलौटी नियुक्त गरेको भन्दै असन्तुष्ट कोइराला पक्षको बैठक बस्ने भएको हो । शेखर कोइराला निकट भुवन भट्टले आजको बैठकमा सभापति शेरबहादुर देउवाले आफुखुसी मनोमानि नियुक्ति गरिरहेका बताए ।

उनले आजबैठकमा संघर्षलाई कसरी अघि बढाउने भनेर छलफल हुने समेत जानकारी दिए । पार्टी सभापति देउवाले ९ चैतमा तरुण दल अध्यक्षमा विद्वान गुरुङ र नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए ।

एकलौटी निर्णय भएको भन्दै शेखर कोइराला पक्षले पार्टी कार्यालय सानेपामा पार्टी सभापति देउवाविरुद्ध प्रदर्शन समेत गरेको थियो । कोइराला पक्षमा समानान्तर गतिविधि गर्ने विषयमा बहस समेत हुँदै आएको छ ।

प्रतिक्रिया