साताको दोस्रो दिन नेप्सेमा भारी गिरावट
काठमाडौँ । धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको छ । आइतबार ४१.४३ अंकले घटेर दुई हजार ५७२.२३ मा रोकिएको परिसूचक आज ३०.४३ अंकले घट्दै दुई हजार ५४१.८३ मा आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचकका साथै कारोबार रकमसमेत घटेको छ । आज २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर दुई अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ रुपैयाँमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन नेप्सेमा २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर चार अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ मूल्यमा खरिद बिक्री भएको थियो ।
नेप्सेका अनुसार अघिल्लो कारोबार दिनका तुलनामा आजको बजार १.१८ प्रतिशतले घटेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३ अंकले ओरालो लाग्दै ४७४.०९ मा आएको छ । जुन अघिल्लो कारोबार दिनका तुलनामा १.११ प्रतिशतले कमी हो ।
।

















पाकिस्तानको उत्तर पश्चिममा विस्फोट, २ प्रहरीको मृत्यु, ३२ घाइते
तेहरान र अल्बोर्जमा अमेरिका–इजरायलको आक्रमण, ४ जनाको मृत्यु
कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी
Harkaraj Rai of Shram Sanskriti Party wins HoR Member election in Sunsari-1
भक्तपुर २ मा समानुपातिकतर्फको मतगणना सकियाे
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया