फ्याण्टा एप्पल नेपाली बजारमा

काठमाडौँ । कोकाकोला नेपालले आफ्नो पेय पदार्थको सूचीमा नयाँँ उत्पादन फ्याण्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ । अब नेपाली उपभोक्ताहरूले यो पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्ने छन् ।
नयाँँ स्वादसँगै फ्याण्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ । जसले उपभोक्ताहरूको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्देश्यलाई प्रतिबिम्बित गरेको छ । यो भिडियो फ्याण्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा हो । जसमा डिजिटल भिडियोहरू, प्रिण्ट विज्ञापनहरू आदि समावेश छन् ।
लञ्चको बारेमा बोल्दै कोकाकोला नेपालका कण्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘फ्याण्टा त्यस्तो मानिसहरूका लागि हो जसलाई रमाइलो गर्न मन पर्छ, यो नयाँँ फ्याण्टा एप्पलले दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्छ ।’
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले उपभोक्ताहरूको बदलिदो स्वाद र रोजाईअनुसार फ्याण्टा एप्पललाई उपभोक्तामाझ पु¥याएको बताए । योसँगै नेपालमा अब फ्याण्टाको अरेञ्ज र एप्पल गरी दुई वटा फ्लेभर उप्लब्ध हुनेछ । फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध छ ।












चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
काठमाडौंमा यसरी मनाइयाे तमु ल्होसार (तस्बिरहरू)
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
भक्तपुरमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया