फ्याण्टा एप्पल नेपाली बजारमा

काठमाडौँ । कोकाकोला नेपालले आफ्नो पेय पदार्थको सूचीमा नयाँँ उत्पादन फ्याण्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ । अब नेपाली उपभोक्ताहरूले यो पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्ने छन् ।
नयाँँ स्वादसँगै फ्याण्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ । जसले उपभोक्ताहरूको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्देश्यलाई प्रतिबिम्बित गरेको छ । यो भिडियो फ्याण्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा हो । जसमा डिजिटल भिडियोहरू, प्रिण्ट विज्ञापनहरू आदि समावेश छन् ।
लञ्चको बारेमा बोल्दै कोकाकोला नेपालका कण्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘फ्याण्टा त्यस्तो मानिसहरूका लागि हो जसलाई रमाइलो गर्न मन पर्छ, यो नयाँँ फ्याण्टा एप्पलले दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्छ ।’
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले उपभोक्ताहरूको बदलिदो स्वाद र रोजाईअनुसार फ्याण्टा एप्पललाई उपभोक्तामाझ पु¥याएको बताए । योसँगै नेपालमा अब फ्याण्टाको अरेञ्ज र एप्पल गरी दुई वटा फ्लेभर उप्लब्ध हुनेछ । फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध छ ।

















मन्त्री छाडेर उम्मेदवार भएका बब्लु गुप्ता विजयी
श्रम संस्कृति पार्टीले खोल्यो खाता: खोटाङमा आरेन राई विजयी
दार्चुलामा एमालेका ठगुन्ना निर्वाचित
नवलपरासी-१ : विनोद चौधरीलाइ हराउँदै रास्वपाका विक्रम खनाल निर्वाचित
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
प्रतिक्रिया