चौतारामा नेपाल बैंकको डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम

सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना तथा नेपाल बैंक चौतारा शाखाकोे सहकार्यमा कृष्ण रत्नगंगा मा.वि. चौतारामा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष नरमान श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले गरेका थिए ।
विशिष्ट अतिथि नगरपालिकाका प्रमुख अमानसिं तामाङ र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्का रहेका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, नेपाल बैंकका बागमती प्रादेशिक कार्यालयका प्रमुख बिनय केसरी पौड्याल विद्यालयका प्रधानध्यापकलगायत शिक्षक शिक्षिका, स्थानीय जनप्रतिनिधिहरू, विद्यार्थीलगायतकोे उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री खड्काले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाई धन्यवाद दिए । यस्तै, नगरपालिकाका प्रमुख तामाङले वित्तीय साक्षरता अभियान संचालन गरेकोमा नेपाल बैंकलाई धन्यवाद दिँदै यस कार्यक्रमबाट धेरै जनामा वित्तीय ज्ञान हासिल गर्न सजिलो भएको बताए ।

















११७ स्थानकाे मतगणना सकिँदा रास्वपाका ९१ उम्मेदवार विजयी
इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सल्यानमा नेकपाका मल्ल विजयी
रुकुम पश्चिममा नेकपाका शर्माले जित्दा जनार्दन शर्मा तेस्राे
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया