पीएनजीको लगातार दोस्रो हार

काठमाडौँ । त्रिदेशीय अन्तर्राष्ट्रिय टी २० क्रिकेट श्रृंखलामा मलेसियाले पपुवा न्युगिनी (पीएनजी)लाई आठ रनले हराएको छ । कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा सम्पन्न श्रृंखलाको दोस्रो खेलमा मलेसियाले दिएको १८१ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ ओभर ३ बलमा सबै विकेट गुमाउनुअघि १७२ रन मात्र बनाउन सक्यो ।
पीएनजीका लागि टोनी उराले सर्वाधिक ५६ रनको योगदान गरे । यस्तै, नोर्मान भनुवाले ४५ र कप्तान असद भालाले ११ रन बनाए । मलेसियाका सर्विन मुनिएन्डीले चार विकेट लिँदा मोहम्मद वाकिफ र पवनदी सिंहले तीन–तीन विकेट हात पारे ।
यसअघि टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउनुअघि १८० रनको योगफल तयार गरेको थियो । मलेसियाका विरानदीप सिंहले सर्वाधिक ५९ रन बनाएका थिए । यस्तै, कप्तान ऐमद फैजले ५६ र सैयद अजिजले ४७ रन बनाए ।
पीएनजीका नोर्मानले दुई विकेट लिँदा नोसैना पोकनले एक विकेट लिएका थिए । सोमबारदेखि सुरु भएको श्रृंखलामा पीएनजी यसअघि नेपालसँग १५ रनले पराजित भएको थियो ।
त्रिदेशीय श्रृंखलाको तेस्रो खेलमा बुधबार दिउँसो १२ः३० मा नेपाल र मलेसिया खेल्ने छन् ।
















ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
सुदन किरातीले छाडे प्रलोपा
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया