प्रधानमन्त्रीको निवासमा नै ढलको समस्या, समाधान गर्न काम शुरु

काठमाडौँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्रीको सरकारी निवाससमेत रहेको बालुवाटार क्षेत्रमा आगामी वर्षदेखि ढलको समस्या नआउने बताएका छन् । उनले ढलको समस्या नहुने गरी काम थालिएको र प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा पनि अबको दिनमा काम गरिने बताए ।
बालुवाटार क्षेत्रमा प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशको सरकारी निवास र नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसर क्षेत्रमा प्रत्येक वर्ष आउने बर्सातको फोहोर पानी र ढललाई व्यवस्थापन गर्न सुरु भएको निर्माणको मंगलबार शिलान्यास गर्दै मन्त्री चौधरीले अब ढलको समस्या समाधान हुने बताएका हुन् । सो स्थानमा सुरु भएको निर्माणले काठमाडौँ महानगरपालिका वडा नं २, ३ र ४ को क्षेत्रमा रहेको ढलको समस्या समाधान गर्ने छ ।
मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा मुलुकको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारभित्र र बाहिर पनि ढलको व्यवस्थापनको कार्य अघि बढाइने बताए । आगामी आवमा सिंहदरबारभित्र र वरिपरिको क्षेत्रमा देखिएको ढलको समस्यालाई व्यवस्थापन सिंहदरबार पुनःनिर्माण गुरुयोजनालाई असर नपर्ने गरी काम अघि बढाइने उनको भनाइ छ । उनले भने, ‘सबै क्षेत्रका महत्वपूर्ण स्थानमा देखिएको फोहोर पानी र ढलको व्यवस्थापनको काम अगाडि बढाइने छ ।’
ठेक्काको जिम्मेवारी पाएको निर्माण व्यवसायीले निर्धारित समयभन्दा पहिले नै काम सम्पन्न गरेमा सरकारबाट ‘बोनस’ पाउने मन्त्री चौधरीले बताए । मन्त्री चौधरीले निर्धारित समयभन्दा अगाडि र गुणस्तरमा कुनै सम्झौता नगरी काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै वडाका जनप्रतिनिधिको साथ र सहयोगबाट आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे ।
खानेपानी सचिव सुरेश आचार्यले प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र र काठमाडौँ महानगरपालिकाका तीन वडाका बासिन्दाले आयोजना सम्पन्न भएपछि ढलको समस्याबाट मुक्ति पाउने र सडक प्रयोगकर्ताले सुविधा पाउने बताए ।
















लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
यामाहा FZS FI हाइब्रिड एक हप्तामै सोल्ड आउट, नयाँ ब्याचका लागि प्रि-बुकिङ खुला
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
प्रतिक्रिया