राप्रपा मकवानपुरका अध्यक्षसहित ७८ जनाले थापाको पक्षमा
मेरोन्यूज
२०७८ चैत १५ गते २१:४१
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटालगायत नेता कार्यकर्ताले पार्टीका पूर्व अध्यक्ष कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेका छन् ।
मंगलबार वक्तव्य जारी गर्दै उनीहरुले पार्टीमा सैद्धान्तिक विचलन आएकाले राप्रपामा अघि बढ्न नसक्ने जनाएका छन् । वक्तव्यमा राष्ट्रिय राजनीतिमा फरक विचार, दृष्टिकोण, सिद्धान्त र दर्शन कमल थापाले प्रतिपादन गरेकोले उनलाई साथ दिने उल्लेख गरिएको छ ।
थापालाई अभिभावक भन्दै राप्रपा नेपालमा समाहित हुने प्रतिबद्धता वक्तव्यमा उल्लेख छ । वक्तव्यमा जिल्ला कार्य समितिका पदाधिकारी र सदस्य, प्रदेश अध्यक्ष, नगर र गाउँपालिकाका अध्यक्ष तथा जनवर्गीय संगठनका प्रमुखसहित ७८ जना नेताहरूको नाम छ ।
सम्बन्धित















चैत्र शुक्ल एकादशी : सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा
कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानार्थ पाँच लाख सहयोग
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया